बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य लन्डन आउदै

लण्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदुत ज्ञानचन्द्र आचार्य पदबहालीका लागि बुधवार लण्डन आइपुग्ने भएका छन् ।

बेलायतस्थित नेपाली राजदुतावासका अनुसार कतार एयरवेजको उडानबाट बुधबार विहान हिथ्रो विमानस्थल आइपुग्ने र राजदूत आचार्यले सम्भवत: सोही दिनदेखि आफ्नो पद बहाली गर्ने कार्यक्रम रहेको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि हुँदै सोही विश्व संस्थाको उपमहासचिवको जिम्मेवारीसमेत सम्हाल्नु भएका पूर्वपरराष्ट्र सचिव आचार्यलाई मन्त्रिपरिषद्को सिफारिसमा गत माघ १४ गते राष्ट्रपतिले राजदूतमा नियुक्त गरेको थियो ।

बेलायतको लागि २२ औँ नेपाली राजदूतका रुपमा आचार्यले काम गर्नेछन ।