लण्डन । बेलायतको बिर्मिङ्हम वेष्ट ब्रोम्विचमा बसोबस गर्ने नेपाली महिला दिदी बहिनीहरुको समुह मनकामना महिला समुहको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मिना न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
नवगठित समितिको उपाध्यक्षमा सरिता सापकोटा, सचिवमा सिता पौडेल, सह-सचिवमा सिता अर्याल खरेल, कोषाध्यक्षमा माया काफ्ले र सह-कोषाध्यक्षमा सुस्मा कार्की सर्वसम्मत चयन भएका छन्
नवगठित समुहकी अध्यक्ष मिना न्यौपानेले आफुलाई विश्वास गरि अध्यक्षको जिम्मेवारी सुम्पिने सम्पूर्ण दिदीबहिनीलाई आभार व्यक्त गर्दै समुहलाई अझै सक्रिय बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरिन् । त्यस्तै समुहकी निवर्तमान अध्यक्ष देवि सापकोटाले आफ्नो कार्यकाल सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण पदाधिकारीलाई धन्यवाद व्यक्त गर्दै नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेकी थिईन् ।
नवगठित समाजका पदाधिकारीलाई शान्ति नेपाली समाज बेलायतका अध्यक्ष एवम् बिर्मिङ्हम वेष्ट ब्रोम्विचका सक्रिय समाजसेवी तथा बुद्धिजिवी व्यक्तित्व भोजराज भण्डारीले बधाईसगैं सफल कार्यकालको शुभकामना दिएका छन् । त्यस्तै हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड युकेकी पूर्व अध्यक्ष गोमा पोडेलले पनि निर्वाचित समितिलाई बधाई एवम् शुभकामना व्यक्त गरेकी छिन् ।
बिर्मिङ्हममा बस्ने नेपाली महिला दिदी बैनी हरुको समुह ”मनकामना महिला समुह “ सम्पूर्ण दाजुभाई दिदीबहिनी समान हौ भन्ने उद्धेश्य सहित स्थापित समूहले त्यहाँ रहेका महिलाहरुलाई सगंठित गर्दै अगाडी बढिरहेको छ ।






