लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी अधिवेशन र निर्वाचनका लागि मिडल्याण्डले शक्तिशाली प्रतिनिधि मण्डल गठन गरेको छ ।
२३ जुन २०२१ दिन साझा नेपाली समाज यूकेको आयोजनामा जूम मार्फत मिड्ल्याण्ड एनआरएनए यूके प्रतिनिधि छनोट समिति, साझाको कार्य समिति र मिडल्याण्डबाट एनआरएन यूकेको आगामी कार्यसमिति लागि आकांक्षी प्रतिनिधिहरु सहितको बैठकले उक्त निर्णय गरेको हो ।
मिडल्याण्डका एनआरएन अभियन्ताहरू, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरू, साझा नेपाली समाजका पूर्व अध्यक्षहरू उपस्थित उक्त बैठकले आगामी दिनमा मिडल्याण्डबाट एनआरएनका बिभिन्न पदमा जान ईच्छुक उम्मेदवार कसरी सफल हुने गरी लैजान सकिन्छ भन्ने बारेमा व्यापक छलफल समेत गरेको छ ।
सहभागि सबैको सहमतिमा एनआरएनए यूके २१–२३ को निर्बाचनको केन्द्रमा सहमति एवं सहकार्य गर्न र निर्बाचन सम्बन्धी अन्य कार्य गर्न ६ सदस्यीय एनआरएनए यूके मिडल्याण्ड प्रतिनिधि मण्डल गठन गरेको छ ।
जसको सदस्यहरुमा साझा नेपाली समाज यूकेका कृष्ण शर्मा सापकोटा, एनआरएनए आईसीसी सदस्य दयानिधि सापकोटा, आईसीसी मानार्थ सदस्य रण बहादुर केसी, एनआरएनए यूके सचिव कोशलेश्वर ढकाल, एनआरएनए यूके इंग्ल्याण्ड राज्य समन्वय परिषद सचिव गोबिन्द शर्मा खरेल, एनआरएनए यूके पूर्व सदस्य पवन शर्मा रहेका छन् ।
उक्त प्रतिनिधि मण्डलले मिड्ल्याण्डका आकांक्षी प्रतिनिधिहरुलाई एनआरएनए यूकेको आगामी कार्यसमितिमा सबल उपस्थिति गराउन वलियो टीमको नेतृत्वसंग सहकार्य गर्न नेतृत्व गर्ने छ ।
त्यस्तै स्थानीय संस्था तथा सामाजिक अभियन्ताहरु र अन्य बुद्धिजीवी पेशाकर्मीहरुसंग समन्वय गर्दै मिड्ल्याण्डको प्रतिनिधिहरुको घोषणा आयोजना, चुनाव प्रचार प्रसार, निर्वाचन प्रक्रिया नतिजासम्म र भोट दिनुहने सबैलाई धन्यबाद कार्यक्रमसम्मका अधिकार र जिम्मेवार उक्त प्रतिनिधि मण्डललाई सुम्पेको साझा नेपाली समाजका महासचिव राम पन्थीले बताए ।
आफ्ना आकांक्षी उम्मेदवारहरूको घोषणा गरी एनआरएनको सदस्य बनाउने अभियानमा लागेको मिडल्याण्डले करिव ११ सयको हाराहारीमा सदस्यता बनाएको छ । एनआरएन यूकेको आगामी अधिवेशनमा यस क्षेत्रको बलियो दावेदारी रहनेगरी अघि बढ्ने समेत निर्णय गरेको छ ।






