नायिका रेखा थापाले गरिन् दोश्रो बिहे : को हुन् पति ?

काठमाण्डौ । चर्चित नायिका रेखा थापा फेरि विवाह बन्धनमा बाँधिएकी छन् । अभिनेत्री थापाले दुई हप्ताअघि नै ‘कोर्ट म्यारिज’ गरेको खुलेको छ ।

जतिबेला उनको बिहेबारे गसिप बनिरहेको थियो, त्यतिबेलै काठमाडौं जिल्ला अदालत पुगेर उनले आफ्ना प्रेमी बलराम शाहीसँग बिहे गरेकी हुन् ।

अदालत स्रोतअनुसार रेखाले माघ १२ गते जाजरकोट स्थायी घर भएका प्रेमी शाहीसँग बिहे गरेकी हुन् । पछिल्ला दिनमा रेखासँग गहिरो प्रेममा रहेका शाही अमेरिकामा बसेर व्यवसाय गर्दै आएको बुझिएको छ ।

थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन् । उनीहरूले १० वर्षअघि डिभोर्स गरेका थिए । हिरो चलचित्रबाट नेपाली सिने जगतमा डेब्यू गरेकी थापाले दर्जनौँ चलचित्रमा अभिनय र विभिन्न चलचित्र निर्माण गरेकी छन् ।

३९ वर्षीया थापा पछिल्लो राजनीतिमा पनि सक्रिय भएकी थिइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा महामन्त्रीमा उम्मेदवार दिएकी उनी पराजित भएकी थिईन् ।