लण्डन । बेलायतले नेपाललाई दिएको १३ लाख डोज कोरोना खोप आज नेपाल पुगेको छ ।
कोभ्याक्स सुविधा अन्तर्गत आष्ट्राजेनिकाले उत्पादन गरेको १३ लाख १२ हजार ८० मात्रा खोप आज बिहान ९ बजे कतार ऐरवेयज मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको नेपालका लागि बेलायती राजदुत निकोला पोलिटले जानकारी दिईन् ।
बेलायत सरकारले प्रतिबद्धता जनाएको २१ लाख ७४ हजार १६० डोज आष्ट्राजेनिका खोप मध्ये ८ लाख ६२ हजार ८० डोज खोप यस अगाडी नै नेपाल पुगिसकेको थियो ।
आज दोश्रोपल्ट उक्त मात्रामा खोप पुगेपछि बेलायतले प्रतिबद्धता जनाएको सबैमात्रा खोप नेपाल पुगेको हो ।






