बेलायतमा कोरोना भाइरस संक्रमित करिब ३ लाख, मृत्यु ४५ हजार ५ सय बढी

१० साउन, काठमाण्डौ
बेलायतमा कोरोना संक्रमितको संख्या २ लाख ९७ हजार ९ सय १४ पुगेको छ । भने मृत्युहुनेहरुको संख्या ४५ हजार ६ सय ७७ पुगेको छ ।

केही समय देखी युकेमा कोरोना भाइरसको संक्रमणको दर कम हुँदै गएकोे छ । गत २४ घण्टामा युकेमा ७ सय ६८ संक्रमित थपिएका छन भने १ सय २३ जनाको मृत्यु भएको छ । हाल विश्वमा करिब १ करोड ६० लाख मानिसहरु संक्रमित भएका छन ।