भयानक हावाहुरीले काठमाडौं एयरपोर्ट बन्द, जहाज बस्न सकेनन्

फोटो :फाइल तस्‍बिर
काठमाडौं : काठमाडौंमा चलेको भयानक हावाहुरीका कारण काठमाडौं एयरपोर्ट केही समयमा लागि बन्द गरिएको छ। उडान र अवतरण दुवै बन्द गरिएको छ। सबा आठ बजेदेखि निकै तीव्र गतिमा हावहुरी चलेको छ।

काठमाडौं एयरपोर्टमा साढे आठ बजे अवतरण गर्न लागेको एयर अरबियाको जहाज हावाहुरीका कारण रन वेमा जान गाह्रो भएपछि ओभरसुट गरेर  डाइर्भट गरिएको छ। एयर अरबियाको जहाज अहिले काठमाडौं आकाशमा घुमिरहेको छ।  काठमाडौं आउन लागेका थप उडानहरुलाई पनि डाइर्भट गरिएको छ।

एयर अरबियाको जहाज ओभरसुट गरिएको लाइभ रेकर्ड फ्‍लाइटरडारमा