लण्डन । गैह्र आवासीय नेपाली सघं (एनआरएन) युकेको स्वास्थ्य विभाग प्रमुख सयोंजकमा डा.विशाल गुरुङ चयन भएका छन् । इङ्ल्यान्ड राज्य परिषद बेलायतका प्रवक्ता समेत रहेका गुरुङको सयोंजकत्वमा चार सदस्यीय सल्लाहकार समेत चयन भएको एनआरएन युकेले जनाएको छ ।
स्वास्थ्य विभागमा प्रमुख संयोजकको रुपमा चयन भएका गुरुङ फिलिपिन्समा एम डी पूरा गरी ग्लोबल पब्लिक हेल्थमा मास्टर्स गरिरहेका छन् । उनी अल्सर्ट स्थित विभिन्न संघ संस्थामा आवद्ध रही सक्रिय रुपमा काम गर्दै आईरहेका छन् ।
त्यस्तै सल्लाहकारहरुमा ओरल एन्ड मैक्सिलो फेसियल सर्जन विशेषज्ञ र अन्कोलोजिमा एम.एस्सी गरेका डा. सुनिल साह, ल्यापार्सकोपिक सर्जन विशेषज्ञ तथा नेप्लिज डाक्टर्स एसोसोयन युकेका अध्यक्ष डा. कमल अर्याल, सिनियर वास म्यानेजर पब्लिक हेल्थमा मास्टर्स र पि एच डि गरेका डा. ओम प्रसाद गौतम र नेप्लिज डाक्टर्स एसोसियसनका पुर्व अध्यक्ष मनोचिकित्सक विशेषज्ञ डा. चुणा कार्की चयन भएका छन् ।
स्वास्थ्य विभागको संयुक्त संयोजकको रुपमा नेप्लिज नर्सिङ एसोसिएसन युकेका अध्यक्ष रेजीस्टर्ड नर्स सुनिता थापा र गैरआवासीय नेपाली संघ बेलायतका सदस्य एंव ट्रेनी नर्स इन्दिरा खनिया चयन भएका छन् ।
त्यस्तै लन्डन स्थित विभिन्न नेपाली संघ संस्थामा आवद्ध डेन्टल नर्सिङका ट्रेनी अन्जु कुँवर सुवाललाई सचिव र सफ्टवेयर डेभलपर बलराम सुबेदीलाई डिजिटल एन्ड टेक्निकल लिडको जिम्मेवारी दिईएको छ ।
भने नेप्लिज नर्सिङ एसोसिएसन युकेका सदस्य रेजिस्ट्रेड नर्स माया के.सी बोहोरा र सिनियर हेल्थ केयर एसिस्टेन्ट एंव मेडिसिन एजमिनिस्टरका रुपमा कार्यरत बिष्णु राना सदस्यमा चयन भएका छन् ।






