रौतहट। रौतहटको ईशनाथ नगरपालिकाको गहुँ खेतमा एक किशोरीको शव फेला परेको छ।
रौतहट प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार नगरपालिका-९ लौतनाटोलका मोहम्मद कलाम मियाकी १९ वर्षीया छोरी चाँदनी खातुनको शव फेला परेको हो।
मुखमा कपडा कोचेको अवस्थामा लौतना र मठियाको बीचमा पर्ने ईशनाथ-४ स्थित गहुँ खेतमा शव फेला परेको हो। स्थानीयले बुधबार बिहान लौतना र मठिया टोलको बीचमा गहुँ खेतमा खातुनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
चाँदनीको केही वर्षअघि बिहे भएको थियो। उनी माइतीघरमै बस्दै आएकी थिइन्। घटना रहस्यमय भएकाले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।






