तक्दीर अधिकारी
काठमाडौं । गैरआवासीय नेपाली संघको आज हुने निर्वाचनमा कुल आचार्यको टिमले अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिवलगायत विभिन्न पदमा उम्मेदवार मनोनय दर्ता गरायो । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्षका प्रत्यासी आचार्यले भने, ‘सम्पूर्ण डेलिगेट्सले देखाएको सद्भावले हामी उत्साहित छौं ।’
उनले भने, ‘गैर आवासीय नेपाली संघको बिश्व सम्मेलनमा बिश्वभरबाट पाल्नुभएका सम्पुर्ण गैरआवासीय नेपाली दिदी-बहिनी तथा दाजुभाइहरुमा हार्दिक स्वागत नमन गर्न चाहन्छु । संघको भावी रणनीति , कार्यदिशा र नेत्रित्व छनौट प्रक्रियामा हाम्रा अधिकार सम्पन्न डेलिगेट्सहरु सबैलाई आफ़्नो बिवेक र ईमान नगुमाई , कसैको दवाव र प्रभावमा नआइ स्वतंत्र ढंगले निर्णय गर्न हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
आज हुनगईरहेको संघको नेत्रित्व छनौट प्रक्रियामा मैले अघि सारेका दुरगामी योजना र कार्यक्रले संघलाई तपाई हाम्रो साझा र गर्व गर्न लायक बनाउने पक्का छ । यसर्थ यो हाम्रो सामुहिक योजनामा संघलाई अघि बढाउन , संस्थागत बिकास गरेर पद्दति र निति नियममा संघलाई हिडाउन मलाइ मतदान गरी बिजयी गराउनुहुन हार्दिक अनुरोध गर्दछु ।
सम्मेलन सफल पार्न खटिरहनु भएका डेलिगेट्सहरु , निर्वाचन कमिटि , पत्रकार , नेपाल सरकारका प्रतिनिधी, स्वयं सेवकहरु लगायत सबैलाई हार्दिक धन्यवाद पनि टक्र्याउन चाहान्छु ।

यसअघि निर्वाचन कमिटीले १२:३० मा उम्मेदवारको नामावली प्रकाशन गरेको थियो । १२ :३० देखि १ : ३० सम्म उम्मेदवारमाथी दावी विरोधको समय रहेको छ । ४ बजे उम्मेदावरको अन्तिम नामावली प्रकाशन गरिने र बेलुकी ५ बजेदेखि १० बजेसम्म मतदान गरिने निर्वाचन आयुक्त शिव रिजालले बताए। मतदान सकिएको केहि समयपछि उम्मेदवारहरुबीच सहमतिका आधारमा मतगणना सुरु गरिनेछ।
हिजोबाट सुरु भएको विश्व सम्मेलनमा विश्वभरीबाट ८१ देशबाट करिब २६ सय १३ मतदाताले रजिष्ट्रेसन गरेका छन्। विधुतीय मतदान हुने भएकोले निर्वाचन परिणाम २ घण्टामा नै आउने बताइएको छ ।








