मादी पुलबाट हाम फालेर एक महिलाको मृत्यु

तनहुँ। मादी नदीको पुलबाट हाम फालेर एक महिलाको मृत्यु भएको छ।

शनिबार ब्यास नगरपालिका वडा नं -३ र ५ जोड्ने मादी नदीको पुलबाट हाम फालेर महिलाको ज्यान गएको तनहुँका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता युवराज खड्काले पुष्टि गरे।

प्रवक्ता खड्काका अनुसार मृतक महिलाको पहिचान खुलिसकेको छैन। घटनास्थलमा खटिएको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको उनले बताए।