लण्डन । जनप्रगतिशिल मञ्च युकेले चेपाङ बस्तीका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । नेकपा माओवादी निकट मञ्चले गोरखाको एक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।
गोरखाको गण्डकी गाउपालिका-७ चेपाङ बस्तीमा रहेको शिव आधारभूत विद्यालयका ११४ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको मञ्चका सचिव कान्छा राम बुढाथोकी (बिनय)ले जानकारी दिए ।
न्यानो कपडा वितरणका लागि मञ्चले अभियाननै सञ्चालन गरेर आर्थिक सकंलन गरेको थियो । उक्त अभियान मार्फत सकंलित ७०३ पाउण्डस्टलिङ डलर रकमबाट न्यानो कपडा वितरण गरिएको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् अनेरास्ववियू क्रान्तिकारीका पूर्व अध्यक्ष तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य लेखनाथ न्यौपानेले विकट ठाँउमा जनचेतनाको अभावका कारण बालबालिका विद्यालयबाट बञ्चित रहने गरेको र बालबिबाह गर्ने क्रम अझै नरोकिएकाले त्यततर्फ सजक रहन र गुणस्तरीय शिक्षा प्रदानका लागि अनुरोध गरेका थिए ।
यस्तै विद्यालयका प्रधानाध्यापक प्रकाश रेग्मीले विकट गाँउको विद्यालयमा आएर ससाना बालबालिकाका लागि न्यानो कपडा वितरण गरेकोमा जनप्रगतिशिल मञ्च र प्रवासी नेपालीलाई धन्यवाद व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत रेग्मिको सभापतित्वमा सम्पन्न कार्यक्रममा जनप्रगतिशिल मञ्च युकेका उपाध्यक्ष नविन स्याङतान, रेखा लोप्चन तथा धर्मराज रेग्मीको आतिथ्यता रहेको थियो ।
बिनय बुढाथोकी-१०१, मानबहादुर गुरूङ-५१, नबिन स्याङतान-५०, तुल छन्त्याल-५०, सुरेश गौतम-३६, राजमणि राई-३०, हरी पौडेल-३०, बिमला लिम्बु-३०, ललित परियार-३०, बिपिन गुरूङ-२५, जीत गिरी-२५, कपिल श्रेष्ठ-२५, ए थापा मगर-२५, सुरेन्द्र श्रेष्ठ-२५, बिष्णु चालिसे-२५, रण बहादुर खाति क्षेत्री-२५, राजेन्द्र गुरुङ २१, फुल प्रसाद कंडेल-२०, इश्वर रिजाल-२०, बिर बलाल-२०, कर्मा पहाडी शेर्पा-२०, माया के सि-१५, गंगा गुरूङ-१५, कृष्ण खनाल-१० र महेश देवकोटाले १० पाउण्ड सहयोग गरेको जनाउदै मञ्चले सहयोगी सबैलाई आभार प्रकट गरेको छ ।






