सिड्नी । डिसेम्बर एक गतेबाट अन्तराष्ट्रिय नाका खोल्ने महिनाअघिको निर्णय कार्यान्वयन हुन नपाउँदै अष्ट्रेलियाले स्थगन गरेको अन्तराष्ट्रिय आवागमन अब खुल्ने भएको छ ।
१ डिसेम्बरबाट विभिन्न भिजावाहकहरुलाई अष्ट्रेलिया प्रवेश गर्ने निर्णइ गरिएपनि त्यसको केही दिन अघि वर्तमान फैलिरहेको ओमिक्रोनलाई मध्यनजर गर्दै सीमा नाका खोल्ने निर्णय दुई हप्ता स्थगन गरिएको थियो ।
यसबारे जानकारीदिदै प्रधानमन्त्री स्कट मोरिसनले डिसेम्बर १५ तारिखपछि पुरा खोप लगाएका विदेशी विद्यार्थी अष्ट्रेलिया आउन पाउने घोषणा गरेका छन् ।
उनले एक सन्देश जारी गर्दै अष्ट्रेलिया आउन तयार भएर बसेका अन्तराष्ट्रिय विद्यार्थी, दक्ष कामदार र वर्किङ होलिडे भिषावालालाई आउन दिने जानकारी दिएका हुन् ।
अष्ट्रेलियामा कोभिडविरुद्धको दुवै मात्रा लगाउन मानिसहरुको संख्या अत्याधिक रहेको र ओमिक्रोनको प्रभाव त्यति धेरै नरहेको पाइपछि सरकारले आवागमन सहज बनाउने निधो गरेको हो ।
हाललाई न्यू साउथ वेल्स र भिक्टोरियाले मात्रै विद्यार्थीलाई प्रवेश दिने निर्णय गरेका छन् । अन्य राज्यहरुले निर्णय गर्न बाँकी छ ।
तर यहाँ आइसकेपछि भने केही दिन क्वारेन्टीनमा बस्न भनिएको छ । दुवै खोप लगाएको प्रमाणपत्र र कोभिड नरहेको नेगेटिभ प्रमाणपत्र भएकाहरु यहाँ आउन पाउने छन् ।






