काठमाडौं । नेपाली काँग्रेसको १४ औ महाधिवेशन शुरू भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा भव्य समारोहका साथ महाधिवेशन शुरू भएको हो । कार्यक्रममा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेर बहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरु उपस्थित छन् ।
त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन् ।
उक्त अवसरमा नेपालका सबै राजनीतिक दल र विदेशका राजनीतिक दलका नेताहरु पनि सहभागि भएका छन्। महाधिवेशनको औपचारिक रुपमा प्रधानमन्त्री देउवाले उद्घाटन गरेका छन् । उनले काँग्रेसको मोबाइल एप सार्वजनिक गर्दै कार्यक्रमको उद्घाटन गरे ।
अहिले विभिन्न दलहरुले शुभकामना दिने क्रम चलिरहेको छ ।
हेरौं लाइभ






