लन्डन । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले सुर्खेतमा भएको जेनजी आन्दोलनका क्रममा टाउकोमा गोली लागेर दुवै आँखाको ज्योति गुमाएका सन्तोष बोहोराको परिवारलाई रु. १ लाख आर्थिक सहयोग प्रदान गरेको छ।
संगठनले हरेक वर्ष गर्दै आएको वार्षिक सम्मान कार्यक्रम नगरी यसपटक जेनजी आन्दोलनका घाइतेलाई आर्थिक सहयोग प्रदान गरेको हो । संगठनका अध्यक्ष भरत रोका क्षेत्रीले शिक्षण अस्पतालमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् । हस्तान्तरणका क्रममा अध्यक्ष क्षेत्रीसँगै उनकी श्रीमती कल्पना रोका र परिवारका सदस्यहरु सरला रोका र साइना रोका पनि उपस्थित थिए ।
अध्यक्ष क्षेत्रीले सुर्खेतबाट भ्रष्टाचार विरुद्वको जेन जी आन्दोलनमा प्रदर्शनमा उत्रिएका युवा सन्तोष बोहोराको पर्दर्शन कै क्रममा कन्चटको दाया बाट गोलि लागेर बाया पट्टि बाट निस्किए र उनको संसार हेर्ने आखा नै घटनास्थल मै गुमाएका उपचाररत परिवारलाई सहयोग हस्तान्तरण गरेका हुन् अध्यक्ष क्षेत्रीले भने ‘ यो वर्षको वार्षिक सम्मान कार्यक्रम स्थगित गरेर हामीले यो सहगोग गरेका छौं । अहिले प्राथमिकता भनेको पीडित परिवारलाई सहारा दिनु हो।’ घाइते सन्तोष बोहोराको अवस्थाबारे सामाजिक सञ्जालको फोटोबाट मात्र प्राप्त भएको तर, उनी कुन अस्पतालमा उपचाररत छन् भनेर पत्ता लगाउन निकै कठिनाइ भएको र ‘थुप्रै प्रयास पछि, उनी शिक्षण अस्पतालको बेड नं. ४१२ मा रहेको रोकाले बताए।
विदेश जाने तयारीमा रहेका सन्तोषको यस्तो दयनीय अवस्था भएपछी परिवारको बिचल्ली भएको उनकी श्रीमती निर्मला खड्का बताउछिन । सन्तोषको एउटी छोरी छिन, बोहोरा लाई उनकी धर्मपत्नी निर्मला खड्का निरन्तर अस्पतालमै बसेर स्याहार–सुसार गर्दै आइरहेकी छन्। सहयोग हस्तान्तरणका क्रममा पिडितका बुबा : चन्द्र बहादुर बोहराले भने सरकारले हाम्रो पीडा बुझिदियोस्, उपचारमा पुरै सहयोग गरोस । गोली चलाउने अपराधीले कानूनी सजाय पाओस्’उनले भने।
सहयोग हस्तान्तरणका क्रममा निर्मला खड्का अत्यन्तै भाव विह्वल बनिन्। आँसु पुछ्दै उनले भनिन् हे भगवान मलाई यस्तो दुख किन दिनु भयो भन्दै आशु रोकिएन उनका ’आँसु पुछ्दै भनिन् साथ सहयोग प्रेरणाका लागि धेरै धेरै आभार व्यक्त गर्दछु उनले भनिन।






