लण्डन । ‘इन्फा इभेन्ट युके’ र ‘इन्टस् माइ ट्यालेन्ट’ को प्रस्तुतिमा लन्डनमा ‘दोस्रो इन्फा फिल्म अवार्ड २०२५’ भव्य रूपमा सम्पन्न भएको छ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा उत्कृष्ट कलाकार, निर्देशक तथा प्राविधिकलाई अवार्ड तथा सम्मान प्रदान गरियो ।
यसवर्ष अवार्डमा चलचित्र ‘खुस्मा’ बाट नायिका उपासना सिंह ठकुरीले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छन् भने चलचित्र ‘पूर्णबहादुरको सारंगी’ बाट अभिनेता विजय बरालले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । त्यस्तै, चलचित्र ‘पिताम्बर’ बाट नायक प्रदीप खड्का पपुलर अभिनेता घोषित भएका छन् ।
अवार्ड समारोहमा नेपालबाट आएका कलाकार, निर्देशक, टेक्निसियन तथा यूकेस्थित नेपाली समुदायको उत्साहपूर्ण उपस्थिति थियो। इन्फा टिममा युकेतर्फ उमेश मोक्तान, आशिष पन्त, टंक भट्टराई, राज पाण्डे तथा नेपाल तर्फ सुनिल श्रेष्ठ, मनोज केसी, पाल्देन लामा र मनिष कार्की रहेको मूल आयोजक समारोह समिति गठन गरिएको थियो ।
शर्मिला मल्ललाई देउराली ट्राभल्सको तर्फबाट ‘लाईफटाईम एचिभमेन्ट अवार्ड २०२५’ प्रदान गरिएको थियो भने फुटबलर एन्जिला सुब्बा र कविता नेपालीलाई विशेष प्रेरणा सम्मान प्रदान गरिएको थियो । दिपकराज गिरि, दिपाश्री निरौला, जितु नेपाल, केदार प्रसाद घिमिरे (माग्नेबुढा) तथा सितादेवी तिमिल्सिनाको कमेडी प्रस्तुतिसँगै तेरिया मगर, कविता नेपाली, समर्पण लामा, उषा उप्रेती, एलिसा शर्मा र रिह्यान गिरिले जोडदार प्रस्तुति दिएका थिए ।
कार्यक्रमका मुख्य संयोजक मनिष कार्कीका अनुसार नेपालबाट ४० बढी फिल्मकर्मीहरु अवार्ड समारोहका लागि युके आएको जनाए। उनले अर्को वर्ष फेरि युकेमै इन्फा अवार्डको तेस्रो संस्करण आयोजना हुने जानकारी दिए । 






















अवार्ड विजेता सूची
उत्कृष्ट फिल्म : छक्का पन्जा ५
निर्देशक: दीपाश्री निरौला (छक्का पन्जा ५)
अभिनेता: विजय बराल (पूर्णबहादुरको सारङ्गी)
अभिनेत्री: उपासना सिंह ठकुरी (खुस्मा)
पटकथा: दीपकराज गिरी (छक्का पञ्जा ५)
सम्पादन: साहिल खान (द आउट ल : दफा २१९)
छायांकन: पुरुषोत्तम प्रधान (पिताम्बर)
खलपात्र : प्रमोद अग्रहरी (पिताम्बर)
सह अभिनेता: जीतु नेपाल (कर्साङ)
सह अभिनेत्री: सृजना सुब्बा (अञ्जिला)
ऋचा घिमिरे (तेल भिसा)
नव अभिनेता: विवेक कर्माचार्य (वर एण्ड वधु)
नव अभिनेत्री: सृजना निङलेखु
द्वन्द्व निर्देशक: चुल्ठे काजी र श्री श्रेष्ठ
नृत्य निर्देशक: सुनिल श्रेष्ठ र गम्भीर विष्ट (छक्का पञ्जा ५)
गायिका: शान्ति श्री परियार – रुकुमै कोट (खुस्मा)
गायक: आशिष अविरल – रैया चाँदीको (पूर्णबहादुरको सारङ्गी)
सङ्गीतकार: थानेश्वर गौतम – रात किन हुन्छ हजुर (अञ्जिला)
Special Mention Award
फिल्म: सतिदेवी
निर्देशक: कृषा चौलागाईं
Encouragement Award
अभिनेता: सुमन भन्डारी (द आउट ल : दफा २१९)
अभिनेत्री: दिव्या रायमाझी (पिताम्बर)
Popular Awards
अभिनेता: प्रदीप खड्का (पिताम्बर)
अभिनेत्री: स्वस्तिमा खड्का (बेहुली – फ्रम मेघौली)
Public Choice Awards
अभिनेता: दिपकराज गिरी (छक्का पञ्जा ५)
अभिनेत्री: नीता ढुंगाना (ह्रस्व दीर्घ)
Jury Awards
निर्देशक: मिलन चाम्स (अञ्जिला)
अभिनेता: महेश त्रिपाठी (लाज शरणम्)
अभिनेत्री: दीया मास्के (कर्साङ)
Comedy Actor of the Year: केदारप्रसाद घिमिरे
विशेष योगदान सम्मान: केकी अधिकारी
ब्लकबस्टर मुभी अफ द एयर: पूर्णबहादुरको सारङ्गी
डायस्पोरा मुभी अवार्ड : तेल भिसा
पर्फमर अफ दि एयर : तेरिया मगर






