नेप्लिज पेन्चस कम्युनिटीद्वारा अष्ट्रेलियाका संघीय मन्त्री कोलम्यानसँग विशेष अन्तरक्रिर्या

तक्दीर अधिकारी

सिड्नी । नेप्लिज पेन्चस कम्युनिटी अष्ट्रेलियाले विभिन्न मुद्दाहरुमा रहेर अष्ट्रेलियाका मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम उपमन्त्री डेविड कोलम्यानसँग अन्तरक्रिर्या गरेको छ ।

६ डिस्मेम्बर सोमबार मोर्त्डेल आर एस् एल क्लब मा सम्पन्न भएको कार्यक्रममा नेप्लिज पेन्चस कम्युनिटीका अध्यक्ष लक्ष्मण श्रेष्ठले मन्त्री कोलम्यानसँग नेपालबाट आउने अभिभावकहरुका विभिन्न समस्याहरु, विद्यार्थीहरुका समस्याहरु, वीमा, सुरक्षा, स्वास्थ्य, वातावरण, दिगो विकास, मानसिक स्वास्थ्य लगायतका विषयमा सरकारले गरिरहेको कामहरुको बारेमा सवालजवाफ भएको जानकारी दिए ।

कार्यक्रममा न्यू साउथ वेल्स महावाणिज्य दूत दिपक खड्का, एनआरएनए आईसीसी उपाध्यक्ष मना केसी, एनआरएनए अष्ट्रेलिया न्यू साउथ वेल्स सह-संयोजक सुकीर्ति भट्ट, फेनका अध्यक्ष डा. विष्णु हमाल,  एन्जा अध्यक्ष ऋषि आचार्य लगायत विभिन्न समुदायका प्रमुख तथा प्रतिनिधिहरु सहभागि भएर सरकारसँग आफ्ना विभिन्न मुद्दामा रहेर प्रश्न गरेका थिए ।जवाफमा मन्त्री कोलम्यानले यी सबै मुद्दाहरुमा सरकार नियमित रुपमा काम गरिरहेको भन्दै नेपाली संघसंस्थाका अगुवाहरुसँग समन्वय गरिने बताएका थिए ।

संस्थाले सरकारसँग समन्वय गरिरहेको अवस्थामा नेपाल र नेपालीहरुको निम्ती विभिन्न काम तथा सहयोगहरु पाउन सकिने भन्दै चरणबद्ध रुपमा विभिन्न तहका सरकारसँग नियमित रुपमा यसप्रकारका अन्तरक्रिर्याहरु गरिदै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

लामो समय देखि भर्चुअल रुपमा कार्यक्रम गरिदै आएको अवस्थामा प्रत्यक्ष रुपमा उपस्थित भएर कार्यक्रम गर्दा छुट्टै रौनक भएको उनले बताए । करिब एक सय जना आउने अपेक्षा गरिएपनि त्यो भन्दा बढी संख्यामा सहभागिहरु उपस्थित भएका थिए ।श्रेष्ठको अध्यक्षमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव हरि श्रेष्ठ र युवा इनोस नेवारले गरेका थिए ।

कार्यक्रमकै अवसरमा विभिन्न व्यावसायिक काममा संलग्न रही समाजमा योगदान पुर्याउने नेपाली उद्यमीहरुलाई अवार्डसहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा आचार्य राजन शर्मा, अमृत नेवार, ऋषि आचार्य, सहज भट्टराई, विनिशा घिमिरे, सलिल प्रधान, सुनिता गुरुङ, टीकाराम शर्मा, जोन गुरुङ, राधिका शर्मा, प्रकाश क्षेत्री, राज खनाल, कश्मा शर्मा, शोभा ओली र ग्रिष्मा निरौला रहेका छन् ।यसअघि पनि कोभिडको समयमा पनि स्थानीय सरकारसँग मिलेर यस संस्थाले विभिन्न रचनात्मक कामहरु गरेको थियो । आगामी दिनमा पनि सरकारसँग यसप्रकारका विभिन्न सहकार्यहरु गर्दे अघि बढ्न लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए ।