पत्रकार ओम शर्मामाथि भएको दुव्र्यवहार प्रति एन्जाद्धारा ध्यानाकर्षण

सिड्नी । पत्रकार ओम शर्मा माथि भएको दुव्र्यवहार प्रति अस्ट्रलियन नेपलिज जर्नालिष्ट एशोसियसन (एन्जाले) दुःख व्यक्त गरेको छ । एन्जाले एक विज्ञप्ति जारी गर्दै एनआरएनए मुख्यालय बालुवाटारमा गत मंलबार नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष समेत रहेका पत्रकार शर्मा माथि भएको हातपात तथा दुव्र्यवहार प्रति दुःख व्यक्त गरेको हो ।

एन्जाका महासचिव नारायण खड्काले जारी गरेको विज्ञप्तिमा कुनै पनि बहानामा पत्रकार माथि गरिने हिंसा स्वीकार्य नहुने उल्लेख गरिएको छ । साथै एनआरएनएको महाधिवेशन र त्यसपछि हुँदै आएका गतिबिधिमा पत्रकार लक्षित विभिन्न अवाञ्छित क्रियाकलाप भईरहेको भन्दै एन्जा गम्भीर बनेको जनाएको छ ।

“विज्ञप्तिमा भनिएको छ -यस्ता गलत क्रियाकलापले देशको सिमाना भन्दा बाहिर भएका लाखौँ नेपालीहरुको शाख गिराउने मात्र नभएर सञ्चार जगतसंगको सम्बन्धमा समेत तिक्तता ल्याउन सक्ने हुँदा यस्ता क्रियाकलाप नगर्नु नगराउनुहुन समेत अपिल गर्दछौँ ।