जेनिशा गौतमको देउसी भैलो म्युजिक भिडियो सार्वजनिक

सिड्नी । अस्ट्रेलियालाई कर्मथलो बनाई नेपाली गीत संगीतलाई अंगाल्दै आईरहेकी कलाकार एवम् सर्जक जेनिशा गौतमको देउसी भैलो म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेपालीहरुले विदेशमा रहेर भाषा संस्कृति जगाउन र नेपाली परम्परा अनुसार चाडपर्व मनाउने विषयवस्तु समेटिएर तैयार पारिएको उक्त म्युजिक भिडियोको अस्ट्रेलियामा छायांकन गरिएको हो ।  नोभेम्बर २ तारिखमा सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो छोटो समयमै दर्शकको रोजाईमा परेको छ ।

पहिलो पटक तिहार गीत बजारमा ल्याएकी उनले भिडियोमा साथीभाई तथा घर परिवार देखि सम्पूर्ण आफन्तहरुलाई समेत समावेश गरी पारिवारिक रुपमा भिडियो तैयार पारिएको छ । गीत रिलिज गरेको केही दिनमै राम्रो प्रतिक्रिया आईरहेको र आफुलाई सम्पर्क गरेर बधाई दिने समेत बढिरहेको जेनिशाले बताईन् । उनले आफुले सोँचेको भन्दा पनि अझ राम्रो प्रतिक्रिया पाउँदा अझै उत्साह थपिएको लण्डन नेपाल न्यूज अस्ट्रेलियासंग बताईन् ।

दिपावलीको अवसर पारेर सार्वजनिक गरिने उक्त गीतमा विभिन्न कलाकारहरुले अभिनय गरेका छन् । सन् २०१५ बाट सागींतिक यात्रा सुरु गरेकी जेनिशाले अस्ट्रेलियामै रहेर आफु नेपाली गीतसगींतमा लाग्ने उद्धेश्य रहेको बताउँछिन् । ललितपुरमा जन्मिएकी उनले विद्यालयले उमेरमै स्कुलका विभिन्न प्रतिष्प्रधामा भाग लिने र गीत गाउने गर्थिन् । त्यस्तै कार्यक्रमहरु सञ्चालन गर्ने गरेको उनको भनाई छ । २००९ मा अस्ट्रेलियामा आएकी उनले अधिकाशं गीत सिड्नीमै रेकर्ड गरेकी हुन् ।

उनले आफुलाई नेपालबाट समेत विभिन्न समयमा अफरहरु आउने गरेको भन्दै तर आफु सिड्नीमै रहेर आफ्नो सागींतिक यात्रा अगाडी बढाउने सोँच रहेको बताईन् । उनका विशेषगरी आधुनिक गीति संग्रहहरु बजारमा छन् । देउँसी भैलो गीतलाई आर एफ एम फेसिलिटी (रन्जीत शाह) मुख्य प्रायोजक रहेको छन भने क्याफ्लर (बिबेक ढकाल) सह प्रायोजक र (गगन शर्मा) रातो घरको सहयोग रहेको छ ।