ऐतिहासिक बन्यो ‘नेपाल फेस्टिबल पर्थ’

सिड्नी । अस्ट्रेलियामा सिगों नेपाललाई झल्काउने उद्धेश्य बोकेको नेपाल फेस्टिबल पर्थ भव्य रुपमा सम्पन्न भएको छ । नोभेम्बर २६ तारिख शनिवार फरेस्ट जेजमा आयोजना गरिएको फेस्टिबल उल्लासमय बनेको हो ।

नेपालको मौलिक कला, संस्कृति र नेपाली मौलिकपनको प्रवद्र्धन गर्दै अस्ट्रेलियामा चिनाउने उद्धेश्यले गैर आवासीय नेपाली सघं एनआरएनए अन्तर्गतको वस्टर्न राज्य समितिले आयोजना गरेको फेस्टिबलमा हजारौँ संख्यामा उपस्थित दर्शक एवम् नेपालको प्रतिनिधित्व गर्ने विभिन्न प्रस्तुतीहरुले नेपाल झल्काएको थियो ।

३० वटा स्टल रहेको फेस्टिबलको मुख्य आकर्षकणको रुपमा यसवर्ष हिउँ खसिरहेको सगरमाथाको झल्को दिने गरी सोहीको चित्रण हुने मानवनिर्मित सगरमाथा, नेपालको धरहरा, गोर्खा हाउस, नेपाल हाउस, परेड लगायतका कार्यक्रम एवम् प्रस्तुती सम्पन्न भएका छन् ।

बिहान ११ः०० बजेदेखि ११४५ सम्म विभिन्न झाँकीहरु सहित मुख्य बजार परिक्रममा गर्दै परेड सम्पन्न भएको थियो । परेडमा सहभागीहरुले आआफ्नै जातजातिका विभिन्न मौलिक भेषभूषामा सूसज्जित भएका थिए ।

फेस्टिबललाई प्रमुख अतिथिको रुपमा अस्ट्रेलियाका लागी नेपालका राजदुत कैलाशराज पोखरेलले सम्बोधन गरेका थिए । उनले नेपाल फेस्टिबलले नेपालको मौलिकतालाई जोगाईराख्नुका साथै अस्ट्रेलियामा नेपाली पन र नेपाली कला संस्कृतिको प्रवद्र्धन गरेको बताए । फरक प्रसगंमा राजदुत पोखरेलले विद्यार्थी एवम् स्थानीय नेपालीहरुले भोग्दै आएको समस्या समाधानका लागि दुताबास सदैव प्रतिबद्ध रहने समते बताए ।

वेस्टर्न अस्ट्रेलियाका डेपुटी प्रिमियर रोजर कुकले वेस्टर्न अस्ट्रेलियामा नेपाली समुदायको उपस्थिति र सहभागिता हरेक क्षेत्रमा दिनानुदिन बढ्दै गएको बताउदै यो समुदायको हक हितको लागि आफुले सक्दो प्रयास गर्ने प्रतिबद्दता व्यक्त गरे ।

एनआरएनए वेस्टर्न अस्ट्रेलियाका संयोजक दिपक बस्नेतले महोत्सवलाई भब्य र सभ्य रुपमा विभिन्न क्षेत्रबाट सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै उत्साहपूर्ण सहभागीताले कार्यक्रम सम्पन्न भएको महसुस भएको बताए ।

सो अवसरमा एनआरएनए आइसीसी उपाध्यक्ष धर्म अधिकारी, एनआरएनए आइसिसि सदस्य राजेश बुढाथोकी ,एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ ,एनआरएनए उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङ, सिटि अफ पर्थका मेयर बसिल जेम्पिलास लगायतले शुभकामना व्यक्त गरेका थिए । फेस्टिबल झण्डै १० हजार दर्शकले अवलोकन गरेका थिए ।

सो अवसरमा नेपालका चर्चित गायक दिपक बज्राचार्य र उनको ब्याण्ड तथा बहुचर्चित हास्य कलाकार सन्दिप क्षेत्रीका साथमा अन्य स्थानीय कलाकार र स्थानीय ब्याण्डहरुले भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रमलाई दर्जनौँ व्यवसायिक सघंसंस्थाहरुले प्रायोजन गरेका थिए । एभरेष्ट ग्लोबल भिसा सर्भिसेसले टाईटल स्पोन्सर गरेको थियो भने पावर्ड बाईको रुपमा ईन्स्टिच्यूट अफ हेल्थ एण्ड नर्सिङ अस्ट्रेलियाले सहयोग गरेको थियो ।

त्यस्तै गोल्ड स्पोन्सरका रुपमा किङस्टन इन्टरनेश्नल कलेज, एभरेस्ट फाइनान्स, एनआरटी अष्ट्रेलिया, अल्टस्सच्युड केयर, इनोभेटिभ एशोसिएशन, एक्सपर्ट एजुकेशन भिसा सर्भिस र प्लाटिनम स्पोन्सरका रुपमा ग्रेस इन्टरनेश्नल, ड्रिमल्याण्ड माईग्रेसन सर्भिस, स्ट्ण्ड्ली कलेज, बलप्रितसिंह लोनमार्केट र हिमालयन नेपलिज रेस्टुरेन्टले साथ दिएका थिए ।