सिड्नी । असल्याण्ड ग्रुपले बार्षिक साधारण सभा तथा देउसी भैलो कार्यक्रम भव्य रुपमा गर्ने भएको छ । भर्सटाईल प्रोपर्टी गु्रपको विशेष सहयोगमा यही नोभेम्बर ११ तारिख एनएसडब्ल्यूको ग्रानभिल स्थित रातोघरमा भर्सटाईल दिपावली नाइट एण्ड असल्याण्ड एन्नुअल फंक्सन कार्यक्रमको आयोजना गरिएको छ ।
असल्याण्ड ग्रुपले हरेक वर्ष गर्दै आएका कार्यक्रम अन्तर्गत नेपाली र भारती समुदायका व्यक्तिहरुलाई समेत जमघट गरी भव्य रुपमा कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । बेलुका ६ बजे बजेदेखि सुरु हुने कार्यक्रममा नेपाली संस्कृति झल्कने लाखे नाचका साथै विभिन्न प्रस्तुती संगै शुभकामना आदान प्रदान कार्यक्रम रहने बताईएको छ । गु्रपले कार्यक्रममा विभिन्न क्षेत्रमा सहयोग गर्ने व्यक्तिहरुलाई अवार्ड सहित सम्मान समेत गर्ने भएको छ । जसअन्तर्गत खुकुरी स्पोर्ट्स पर्सन अफ द इयर अवार्ड, रकफोर्ड म्युजिक पर्सन अफ द इयर अवार्ड, एक्स्ट्रा टेक युथ अफ द इयर अवार्ड, क्यापेला एकेडेमिक एक्सिलेन्ट अफ द ईयर अवार्ड, एभरेष्ट टुर्स मिडिया पर्सन अफ द इयर अवार्ड र लुम्बिनी ग्रोसरीयर्स मार्केटर अफ द इयर लगायतका अवार्ड वितरण गरिने आयोजकले जनाएको छ ।
सबै समुदायका व्यक्तिहरुलाई निमन्त्रणा गरिएको र कार्यक्रममा एनआरएनए लगायत अस्ट्रेलिया स्थित विभिन्न नेपाली संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि र भारतीय प्रतिनिधिहरुको समेत उपस्थिति रहनेछ । गु्रपले नेपालबाट आएका विद्यार्थीहरुलाई रोजगारीका लागि सहजीकरण गर्ने तथा विभिन्न समस्या तथा विपदमा परेकाहरुलाई राहत तथा सहयोग गर्दै आईरहेको छ ।






