सिड्नी । नेपालीहरुको दोस्रो महान पर्व दीपावलीको अवसरमा नेपाल हिन्दू समाज अष्ट्रेलियाले तिहारका विभिन्न साइतहरु सार्वजनिक गरेको छ ।
समाजले एक विज्ञप्ती जारी गर्दै अष्ट्रेलियाका ८ शहरहरुको लागि मान्य हुने गरी लक्ष्मीपूजा र भाइटीकाको साइ सार्वजनिक गरिएको हो । ४ नोभेम्बरको दिन परेको लक्ष्मीपूजा गर्न सिड्नीमा साँझ ८ः१८ बजे, मेलबर्नमा साँझ ८ः५२, ब्रिसबेनमा साँझ ८ः०८, एडिलेडमा साँझ ८ः४१, क्यानबेरामा साँझ ८ः२९, तास्मानियामा ८ः५५, पर्थमा ७ः३६ तथा डार्विनमा साँझ ७ः३४ मा उत्तम रहेको छ ।
त्यस्तै ७ नोभेम्बरको निम्ती परेको भाइटीका लगाउनको निम्ती सिड्नीमा ११ः५१, मेलबर्नमा ११ः३६, ब्रिसबेनमा ११ः२३, एडिलेडमा ११ः५६, क्यानबेरामा ११ः५३, तास्मानियामा ११?२७, पर्थमा १२ः१० तथा डार्विनमा १२ः०५ बजे उत्तम साइत रहेको छ ।
त्यस्तै टीका लगाउने व्यक्ति पश्चिम तर्फ फर्किदा शुभ रहने पण्डित प्रकाश ढोडारीले जानकारी दिए ।। महालक्ष्मी पूजाको लागि भने दिइएको समयबाट ३ घण्टाभित्र गर्न सकिने ढोडारीको भनाई छ । उनले सकेसम्म तोकिएको उपयुक्त मुहूर्तमा टीका लगाउन आग्रह गर्दै सम्भव नभएको खण्डमा अन्य समयमा पनि टीका लगाउन सकिने बताए ।







