जय नेपाल ईन्टरनेशनल ग्लोबल युथ नेटवर्कको अध्यक्षमा मदनराज चयन

सिड्नी । जय नेपाल ईन्टरनेशनल फाउण्डेसन अन्तर्गत जेएनआईएफ ग्लोबल युथ नेटवर्कको नयाँ कार्य समिति गठन गरिएको छ । फाउण्डेसनको सेप्टेम्बर २१ मा अनलाईन जुम मार्फत सम्पन्न एक समारोहकाबीच अस्ट्रेलियाका मदनराज पौडेलको अध्यक्षतामा ४३ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको हो । जसको महासचिवमा अमेरिकाबाट नवराज न्यौपाने सर्वसम्म्मत रूपमा चयन भएका छन् । समितिमा ३० भन्दा बढि देशका युवाहरु सम्मिलित रहेको बताईएको छ । जय नेपाल इन्टरनेशनल फाउण्डेसनका केन्द्रिय अध्यक्ष डा. यादव पण्डितको अध्यक्षता रहेको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री युवा नेता प्रदिप पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले नेपाल र नेपालीसंग जोडिन फाउण्डेसनलाई शुभकामना दिए । कार्यक्रममा फाउण्डेसनका केन्द्रिय प्रवक्ता लाल प्रसाद काफ्लेले उपस्थित अतिथिहरुलाई स्वागत मन्तव्य सहित स्वागत गरेका थिए भने संघीय संसाद प्रतिमा गौतम, कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवम् नेपाली कांग्रेसका युवा नेता केदार कार्की ,नेपाल विद्यार्थी संघका पुर्व महामन्त्री मनोजमणि आर्चाय लगायतका नेताहरुको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा पुर्व प्रदेश सांसद बिजुला बर्मा राना, पत्रकार शिव लम्साल ,विष्णु हरी घिमीरे ,जय नेपाल इन्टरनेशनल फाउन्डेसनका नेपाल च्याप्टरका अध्यक्ष बद्रि अर्याल, आईसीसीका नेताहरु डा. केशव पौडेल, बुद्धि सागर सुवेदी, फाउण्डेसनका संस्थापक विश्व बराल, आईसीसीका पुर्व उपाध्यक्ष दुर्गा आचार्य , क्यानडाका पुर्व अध्यक्ष दिपक गौतम, जन सम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ्ग ,क्यानडा जन सम्पर्क समितिका अध्यक्ष बुद्धि प्रकाश ओलि, एनआरएन बेल्जियमका अध्यक्ष सिता सापकोटा, एनआरएनए अमेरीकाका निर्वतमान उपाध्क्ष्य डिलु पराजुली ,राजनैतिक विश्लेषक शंकर तिवारी ,नेपाली काँग्रेसका युवा नेता सुदिप मोहन भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

जय नेपाल इन्टरनेशनल फाउण्डेसनको तर्फबाट क्यानडाका अध्यक्ष सुमन वास्कोटाले सबैलाई धन्यवाद दिदै संस्थासंग जोडिन आग्रह गरेका थिए । भने युवा समितिका अध्यक्ष मदन राज पौडेलले नयाँ कार्यसमितिको परिचय गराएका थिए । दुई चरणमा सम्पन्न भएको कार्यक्रम कार्यक्रम पहिलो चरणमा केन्द्रका महासचिव अग्नि चौंलागाई र दोश्रो चरणमा युवा समितिका महासचिव नवराज न्यौपानेले सञ्चालन गरेका थिए ।  अन्त्यमा केन्द्रिय सदस्य, जनसम्पर्क समिति जर्मनीका महासचिव तथा एनआरएन जर्मनीका महासचिव सिजन दाहालले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।