होबार्टमा छायो ‘दशैं धमाका’

सिड्नी । युवाहरुद्वारा संगठित विनर सर्कल मिडिया तास्मानियाले आयोजना गरेको दशैं विशेष कार्यक्रम दशैं धमाका म्युजिकल नाइट को चर्चा अहिले तास्मानिया भरी छाएको छ ।

ग्लोबल मार्क एजुकेशन एन्ड भिजा सर्भिसेसको मुख्य प्रायोजनमा अक्टोबर ९ गतेको दिन सुप्रसिद्ध होटल ग्रान्ड चान्सलरमा उक्त कार्यक्रम हुन लागेको हो ।

यतिबेला अष्ट्रेलियाका अन्य राज्यहरु कोभिड महामारीका कारण बन्द अवस्थामा रहेको अवस्थामा होबार्टमा भने धमाकाले दशैंको माहोल चर्काएको छ ।

होबार्टका हरेक ग्रोसरी स्टोर देखि अन्य नेपाली एवं भारतीयद्वारा सचालित व्यवसामा धमाका कार्यक्रमका पोष्टरहरु देख्न सकिन्छ ।

यस कार्यक्रमको मुख्य आकर्षणको रुपमा लाइभ म्यूजिक र डि.जे. रहेका छन् । नेपालका चर्चित गायक बादल प्रसाईँ, चर्चित ब्याण्ड अर्थ सहित करिब १७ जना स्थानीय कलाकारहरुको भव्य टोलीले कार्यक्रममा मनोरन्जन प्रदान गर्ने भएका छन् ।

‘अष्ट्रेलियामा लामो समय पछि यसरी भव्य कन्सर्ट हुँदैैछ, हामी निकै नै हर्षित छौं,’ विनर सर्कल तास्मानिाका एडमिन साजन परियारले भने, ‘विनर सर्कल टिमको साथ र सबैको मायाले काम गर्न उर्जा मिलेको छ, यस कार्यक्रमबाट हामी तास्मानियाबासी नेपालीहरुमा दशैं मेलाको रौनक भेटाउने छौं ।’

उनले युवा, संस्कार र संस्कृतिको प्रवर्धनको निम्ती सर्कल सदैव तयार रहने बताए ।

युवाहरुको जोशले काम गर्न उर्जा मिलेको भन्दै यस यात्रामा सबैको सहयोगको अपेक्षासहित भव्य रुपमा कार्यक्रम सफल हुने विश्वास लिइएको मुख्य प्रायोजक ग्लोबल मार्क एजुकेशन एन्ड भिसा सर्भिसेसका निर्देशक अरुण चित्रकारले बताए ।