नेपालका भूकम्पीडितका लागि अमेरिकी संस्था डाइरेक्टरिफिलले पहल गरेर औषधी एवं मेडिकल इक्विप्मेन्ट ल्याएका छन्। महानायक राजेशको पहलमा एक अर्ब ६० करोड रुपैयाँ बराबरको ६० टन सामान फेडएक्सको जहाजमार्फत नेपाल ल्याइएको हो।
नेपालको सामाजिक संस्था पोसिबलको संयोजनमा आएको सामाग्री शनिबार र आइतबार गरी दुई उडानबाट ल्याइएका हुन। नेपालका भूकम्पपीडितका लागि आएको औषधी एवं मेडिकल इक्विप्मेन्ट बुझ्न महानायक हमाल सोमबार साँझ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए। राहत लिएर डाइरेक्टरिफिलका अध्यक्ष तथा सिइओ थोमस तिघे समेत नेपाल आएका छन्।
दुवै उडानको भाडा लगभग साडे सात करोड रूपैयाँ नेपालका भूकम्पीडितका लागि फेडएक्सले नि:शुल्क गरिदिएको पोसिबलका एसपी कलौनीले जानकारी दिएका छन।










