लेस्टरमा मर्जिङ नेपसक्सको ट्यालेन्स शो, ५० विश्वविद्यालयका ३ सय भन्दा बढी सहभागी

लन्डन– बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको साझा संस्था ‘मर्जिङ नेपसक्स’को आयोजनामा लेस्टरमा ट्यालेन्ट शो भएको छ ।

ट्यालेन्ट शोमा बेलायतका विभिन्न ५० विश्वविद्यालयका ३ सय भन्दा बढी विद्यार्थीको सहभागिता थियो । २०१८ मार्चमा पनि ‘मर्जिङ नेपसक्स’ले ट्यालेन्ट शो आयोजना गरेको थियो ।

संस्थाका संस्थापक अध्यक्ष पवन कँडेल तथा म्यक्जिन प्यानलका टिम लिडर एबं युवा ब्यबसायी ओजेश सिंहले वर्षेनि यस प्रकारको कार्यक्रम आयोजना गर्ने जानकारी दिए ।

विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुले विभिन्न नेपाली गीत प्रस्तुत गर्नुका साथै नृत्य प्रस्तुत गरेका थिए ।

२ वर्षअघि स्थापना भएको यस संस्थाले सामाजिक गतिविधिलगायतका कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *