एनआरएन ओसेनीया क्षेत्रीय सम्मेलन मे ११ मा हुने

सिड्नी -गैर आवासीय नेपाली संघ (एनआरएनए ) ओसेनीया क्षेत्रको क्षेत्रीय सम्मेलन आगामी मे ११ र १२ मा हुने भएको छ । एक पत्रकार सम्मेलनमार्फत एनआरएन ओसेनीया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले सम्मेलन सिड्नीा गर्ने घोषणा गरेका हुन । दुई दिनसम्म चल्ने सम्मेलन सिड्नीको हायात रीजेन्सी होटलमा हुने भएको हो ।

सम्मेलनमा २० मुलुकका तीन सय भन्दा बढीको सहभागिता रहनेछ । सम्मेलनमा नेपाल सरकारको तर्फबाट एक मन्त्रीको प्रतिनिधित्व गराइने र एनआरएन आइसिसीको तर्फबाट अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त र महासचिव बद्री केसीलगायतको सहभागिता रहने तय भइसकेको छ ।

एक पटकको नेपाली सधैको नेपाली भन्ने मूल नाराका साथ गरिन लागिएको सम्मेलन नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन कोशेढुंगा शावित हुने अपेक्षा गरिएको छ । सम्मेलन पर्यटन प्रबद्धन गर्ने हिसावले समेत आयोजना गरिएको हो । सम्मेलनको लागि सम्पूर्ण तयारी तीब्र पारिएको छ ।

सम्मेलनको पहिलो दिन नेपालमा गैर आवासीय नेपाली र लगानी सम्बन्धी, प्रर्यटन प्रबद्र्धन तथा विदेशी ज्ञान, सिपलाई कसरी भित्याउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित गरिनेछ भने दोस्रो दिन सिड्नी घोषणापत्र जारी गर्दै समापन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *