मेरो १२ औं पुण्यतिथि उहिल्यै भैसक्थ्यो: प्रधानमन्त्री ओली

बुटवल– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विज्ञान र प्रविधिले नयाँ फड्को मारेको बताएका छन् । रुपन्देहीको तिलोत्तमा १ मा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकासको उद्घाटन गर्दै ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको विकासका कारणले नै नेपाली समाज तिव्र गतिमा अगाडि बढेको बताए । उनले भने, ‘यदि विज्ञान प्रविधिको विकास र त्यो क्षेत्र अघि नबढेको भए मेरो १२ औं पून्य तिथि अस्ति नै हुने थियो । अरुको दक्षिणा मागे जस्तो किड्नी छ । त्यो पनि प्रधानमन्त्री भयो ।’

उनले विज्ञान र प्रविधीको बारेमा नेपाली पुर्खाहरु पहिले नै जानकार रहेको समेत बताए । उनले नियमित शारीरिक व्यायम, खानपान, आरामले जीवन स्वस्थ हुने समेत दाबी गरे । प्रधनमन्त्री ओलीले मेडिकल कलेजमा दक्ष चिकिस्सक, गुणस्तीयर उपकरण आदिको व्यवस्था गर्न सरकार लागिपरेको समेत बताए ।

अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले सरकारले जस्तो विकास गरेपनि विपक्षीहरुले आलोचना गर्न नछाडेको बताए । उनले भने, विपक्षीले आँखाले हेरेर होइन, चिम्लेर सरकारको विरोध गरिरहेका छन् ।’ उनले भने, ‘सरकारले विमानस्थल बनायो, के गतल भो ? सिके राउतलाई सहमतिसहित मूलधारको राजनीतिमा ल्यायो, के बिल्कुलै गलत भो ? आतंकवादलाई परास्त गर्दै प्रतिबन्ध लगायो, यो त झन् गलतै भो भन्दै कुर्लिरहेका छन् ।’

प्रधानमन्त्री ओलीले केही मिडया र बुद्धिजीविहरु भनिएकाहरुले पनि सधै विरोध गर्ने गरेको बताए । उनले भने, ‘मैले सबैलाई भनेको छैन्, केही मिडिया र बुद्धिजिवीहरु जो सधै विरोध गर्दछन् । उनीहरुलाई विरोध गर्न लगाइएको छ ,किन हामीसँग डराएर विरोध गराएका हुन् कुरा बुझिएन, उनीहरुले विकाससँग डराउनु पर्दैन ।’

नेपाल सरकारले प्रत्येक प्रदेशमा एक मेडिकल कलेज स्थापना गर्ने अवधारणाअनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मेडिकल कलेज पूर्वाधार निर्माण गर्न थालिएको हो ।

त्यस्तै कार्यक्रममा नेकपाका महासचिव बिष्णु पौडेलले २ हजार ६ सय रोपनीमा मेडिकल कलेज बन्ने बताए । उनले त्यो टियु शिक्षण अस्पताल भन्दा १ सय बढी रोपनीमा बुटवल मेडिकल कलेज बन्ने बताए । शिक्षा मन्त्रालयका सचिव खगराज बरालले प्राध्यापक डा. सरोजराज ओझा नेतृत्वमा बनेको समितिले जग्गा खोजी गरेको र अब जग्गाको भोग अधिकार प्राप्ति, वातावरणीय प्रभाव मूल्याँकन अगाडी बढाउने बताए । तिलोत्तमा नगरपालिका वडा न.ं १ नयाँ मिलदेखि झण्डै ५ सय मिटर पूर्व बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *