निर्वाचलगत्तै सरकार छाड्छौ, हतार नगर्नुहोस्: प्रधानमन्त्री देउवा

g]kfn 6]lnlehgsf] jflif{sf]T;j k|wfgdGqL z]/axfb'/ b]pjf a'waf/ l;+xb/af/df cfof]lht g]kfn 6]lnlehgsf] ##cf}+ jflif{sf]T;j ;df/f]xdf ;Daf]wg ug'{'x'Fb} . t:jL/ M gjLg kf}8]n, /f;;

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन गराउने जिम्मेवारी पूरा हुनासाथ सरकार छाड्ने बताएका छन् । नेपाल टेलिभिजनको ३३ औ बार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री देउवाले निर्वाचन लगत्तै सरकार छाड्ने भएकोले हतार नगर्न दलहरुलाई आग्रह गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले चुनाव गराउने जिम्मेवारीका साथ सरकार गठन भएकाले त्यसअघि सरकार नछाड्ने संकेत दिए । उनले अझै राष्ट्रियसभाको निर्वाचन गर्न बाँकी भएकाले त्यसअघि सरकार छाडेन भनेर आरोप लगाउनुभन्दा संविधान राम्रोसंग अध्ययन गर्न आग्रह समेत गरे । प्रधानमन्त्री देउवाले समयानुकूल परिमार्जन र परिस्कृत हुँदै संघीय संरचनामा जानुपर्ने भएकाले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले टेलिभिजनले आफुलाई संघीय संरचनामा लगेर सबैको साझा टेलिभिजन हो भन्ने भावना सम्प्रेषण गर्न सक्नुपर्नेमा जोड दिए । कार्यक्रममा टेलिभिजनमा कार्यरत बिभिन्न कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो भने उत्कृष्ट एड्भरटाईजिङ एजेन्सीको रुपमा कि एडभरटाईजिङ एजेन्सीका प्रबन्ध निर्देशक रविन्द्रकुमार रिजाललाई सम्मान गरिएको थियो ।

कि एड्भरटाइजिङ् एजेन्सीले टेलिभिजनसँग गत आर्थिक बर्षमा ७ करोड ४२ लाख २५ हजार बराबरको कारोबार गरेको थियो । कार्यक्रममा मिडिया हब र मिडिया टाइम्स प्रालि पनि सम्मानित भएका थिए ।