काठमाडौं । सरकारले अष्ट्रेलिया सहित ५ देशका लागि रोकिएको वैदेशिक अध्ययन स्वीकृतिपत्र अर्थात एन.ओ.सी वितरण शुरू गरेको छ ।
नेपालमा कोभिड महामारी व्यापक हुन थालेसँगै रोकिएको एन.ओ.सी वितरण कार्य आइतवारदेखि शुरू भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, बंगलादेश र चीनमा अध्ययनको निम्ती जानेहरुलाई एन.ओ.सी प्रमाणपत्र दिनसकिने बताएको हो ।
यसअघि वैशाख ६ गते मन्त्रिपरिषद बैठकले नेपालमा नयाँ भेरियन्टसहितको कोरोना देखिन थालेको भन्दै भिडभाड हुने ठाँउका कामहरु रोक्ने निर्णय गरेको थियो ।
नेपालमा एनओसी लिनको निम्ती केशरमहल जानुपर्ने हुन्छ ।
हेरौँ विज्ञप्ती







