ब्रसेल्स आक्रमणमा मृत्य हुनेको सङ्ख्या ३१ पुग्यो

This photo provided by Georgian Public Broadcaster and photographed by Ketevan Kardava, shows the scene in Brussels Airport in Brussels, Belgium, after explosions were heard Tuesday, March 22, 2016. A developing situation left a number dead in explosions that ripped through the departure hall at Brussels airport Tuesday, police said. All flights were canceled, arriving planes were being diverted and Belgium's terror alert level was raised to maximum, officials said. (Ketevan Kardava/ Georgian Public Broadcaster via AP)

ब्रसेल्स- बेल्जियमको राजधानी ब्रसेल्सको बिमानस्थल लगायतका ठाँउमा मङ्गलबार बिहान गराइएका शक्तिशाली विस्फोटमा परी कम्तिमा बीस जनाको मृत्यु भएको छ भने १०९ जना घाइते भएका स्थानीय नगर प्रमुख यभान मेइयूरले मालभिक स्टेशनको दृष्य बताउनुभयो ।

घाइतेमध्ये कतिपयको अत्यन्तै गहिरा चोट लागेकोले मृतक सङ्ख्यामा अझै वृद्धि हुनसक्ने मेइयूरले बताउनुभयो ।

त्यस्तै, ब्रसेल्सको विमानस्थलमा भएका दुई अन्य विष्पोटमा ११ जनाको मृत्यु भएको र दुवै ठाउँमा गरी जम्मा ३१ जनाको मृत्यु भएको प्राप्त समाचारमा उल्लेख छ ।

मङ्गलबार बिहान दुई वटा शक्तिशाली विस्फोट भएका थिए । विमानस्थलको टर्मिनल भवनबाट धुवाँ उडिरहेको र त्यस घर वरिपरिको वातावरण अत्यन्तै तनावपूर्ण रहेको जानकारी ब्रसेल्सका टेलिभिजनहरुले देखाएका थिए ।

विमानस्थलमा सङ्कटकालीन अवस्थाको घोषणा गरी व्यापक मात्रामा प्रहरी परिचालन गरी थप घटना हुन र घटनामा सम्लग्न समूहको खोजी जारी राखिएको छ ।