लन्डन । रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी (आरजिएनएस) को अध्यक्षमा शर्मिला हिराचन थकाली चयन भएकी छिन् ।
गत आइतबार प्लमस्टिडमा सम्पन्न संस्थाको अधिवेसनले शर्मिला हिराचनको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति निर्वाचित गरेको हो ।
यसैगरी कार्यसमितिको उपाध्यक्षमा जीत रानाभाट र लीलादेवी गुरुङ छन् भने महासचिवमा मञ्जु खरेल भण्डारी छन् । त्यसैगरी, कोषाध्यक्षमा कुमार जोशी, सहकोषाध्यक्षमा श्रद्धा थापा र सचिवमा ज्योत्सना बस्नेत चुनिएका छन् ।
कार्यसमितिको सदस्यमा तिलकराम भट्टराई, अञ्जना थापा, चक्र राना, रुद्र गौतम, खेम शर्मा र समिर भट्टराई छन् ।
नवनिर्वाचित कार्यसमितिलाई संस्थाका संस्थापक अध्यक्ष कुमार श्रेष्ठले शपथ गराउदै सफलताको शुभकामना दिएका थिए।






