विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् ।
सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आचर्याले राजीनामा दिएका हुन् । उनले आज विश्वासको मत लिने कार्यसूची रहेको थियो । तर पर्याप्त मत नपाउने भएसँगै उनले पदबाट राजीनामा दिएका हुन् ।
आचार्य गत भदौ १० शेरधन राइले राजीनामा दिएपछि मुख्यमन्त्री नियुक्त भएका थिए । एमालेको तत्कालीन माधव नेपाल समूहतिर रहेका आचार्य अन्तिम समयमा कित्ता परिवर्तन गर्दै मुख्यमन्त्री बनेका थिए। प्रदेश १ मा एमालेको एकल बहुमत भए पनि पार्टीमा विभाजन आएपछि आचार्यले ६८ दिनमै सरकार छाड्नु परेको हो।
प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले कसैको खुट्टा तान्ने र छिर्के हान्ने प्रवृत्तिले लोकतन्त्र बलियो नहुने बताएका छन् । बैठकमा उनले आफ्नो सरकारले पूर्ववर्ती सरकारका राम्रा कामलाई निरन्तरता दिँदै अघि बढेको बताए ।
राजनीतिक अस्थिरता र तरलताकाबीच आफूले सत्ता सम्हालेको बताउँदै उनले आफ्नो सरकारले विकास र समृद्धि, सेवा विस्तार, कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम, खोपको व्यवस्थामा उल्लेख्य काम गरेको दाबी गरे ।
प्रदेश १ सभामा ९२ जना सांसद सासद छन् । सरकार बनाउन ४७ जना सांसद अवश्यक पर्छ । तर, आचार्य संलग्न पार्टी एमालेको एमालेसँग सभामुखसहित ४१ सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक एक जना सांसद छन् ।






