मिडल्याण्डले पहिलो लटमै एनआरएन युकेलाई बुझायो ७०० सदस्यको फर्म

केशब भण्डारी –

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएन ) यूकेको आगामी सेप्टेम्वर १४ हुने २०१९-२०२१ निर्वाचनका लागि मिडल्याण्डमा बस्ने नेपालीहरूले पहिलो लटमै करिव ७०० सदस्यता फर्म बुझाएका छन्।

बिहिवार अल्डरशटस्थित एनआरएन युकेको सदस्यता संकलन कार्यालय एम्पायर हलमा एनआरएनयुकेकाअध्यक्ष योग कुमार फगामी ,उपाध्यक्षहरु प्रेम गाहामगर,पुनम गुरुगं, शेर सुनार समेतको उपस्थितीमा सदस्यता दर्ता गराएका हुन्  ।

गैरआवासीय नेपाली संघ युकेको सेप्टेम्वर १४ तारिख हुने निर्वाचनको लागि सदस्यता बन्ने अन्तिम मिति ३१ जुलाई सम्म तोकिएको भएपनि सबै सदस्य अन्तिम समयमा बुझाउदा कार्यालयलाई बोझपर्ने हुनाले हामीले हाल सम्ममा जम्मा भएका सदस्यता फ़र्म आज बुझाएका हौ र बाक़ी सदस्यता अर्को लटमा छिटै नै बुझाउने छौ भनेर साझा नेपाली समाज युके अध्यक्ष महेश अधिकारीले जानकारी गराउनु भयो।

मिडल्याण्डको लेस्टर, नटिंगहम, बर्घिघम र पिटरवोरोमा बस्ने नेपालीहरूबाट हालसम्म संकलित फर्महरू बुझाएको छ ।

एनआरएन यूकेको पंजिकृत सदस्यता वुझाउनका लागि मिडल्याण्डका नेपाली समाजिक संघसंस्थामा सक्रिय अगुवाहरू दयानिधि सापकोटा, महेश अधिकारी, पशुपति पोखरेल, केशब भण्डारी, राजु कंडेल, पवन शर्मा, बिष्णु चालिसे,कोशलेश्वर (कृष्ण) ढकाल,शशांक शर्मा(कृष्ण पौडेल) नारायन फूयाल ,कृष्ण खरेल,राम पंथी,श्याम ढकाल, मधुसुधन पौडेल,मालति पौडेल,कमल ढकाल लगायत अल्टशटको एनआरएन यूकेको कार्यलयमा आउनु भएको थियो ।

एनआरएन युकेका अध्यक्ष योग कुमार फगामीले मिडल्याण्डबाट समयमै सदस्यता बुझाउन आउनु भएकाोमा सबैलाई धन्यवाद दिदै बेलायतका सम्पूर्ण महानुभावलाई समय मै सदस्यता बनी निर्वाचन आगाडी नै एनआरएन कार्ड सबै सदस्यहरूमा पुर्याउने हाम्रो अभियानलाई सहयोग गर्न अनुरोध गर्नु भयो ।

यसै बीच एनआरएनए यूकेको आगामी निर्वाचनमा मिडल्याण्डबाट आइसिसी सदस्य,उपाध्यक्ष ,सचिव र ५ सदस्यहरु गरी ८ जनाको उम्मेदवारी घोषणा भएको हो । एनआरएन आइसिसी सदस्यमा दयानिधि सापकोटा (लेस्टर) तथा एनआरएन यूकेको उपाध्यक्षमा पशुपति पोखरेल (लेस्टर) , सचिवमा कोशलेश्वर (कृष्ण) ढकाल ( बर्मिंगहम) सह -कोषाध्यक्ष विष्णु चालिसे ( नटिंगहम) ,र सदस्यहरुमा- गोमा पौडेल ( वुल्भह्याम्पटन ), सशांक (कृष्ण) शर्मा पौडेल ( बर्मिंगहम), कृष्ण खराल ( नटिंगहम) र नृपेश उप्रेती ( पिटरबरो ) उम्मेदवार बनेका छन् ।

आगामी निर्वाचनमा मिडल्याण्डको एकताले चुनाबी परिणाम कस्तो आउने हो त्यो भने हेर्न बाकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *