बेलायतको अल्डरशटमा निताले खोलिन् ‘ब्यूटी सलोन’ यसरी भयो उद्घाटन (भिडियो)

लण्डन । बेलायतमा नेपाली चेली निता गुरुङले एन.जी. हेयर एण्ड ब्यूटी सलोन शुरू गरेकी छिन् ।

मंगलबार अल्डरसटको ब्रिजेट रोडमा रहेको उक्त सलोनको सांसद लियो डहर्टीका सेक्रेटरी,काउन्सिलर क्यालुम स्टिभर्टले उद्घाटन् गरेका हुन् । केक काटेर उद्घाटन गर्दै नेपालीहरुको नयाँ व्यवसायको शुरूवात भएकोमा नेपालीहरुले खुशी मनाएका थिए ।

सन् १९९७ मा हङकङ गएर काम गर्दैगर्दा निताले ह्रेयर ड्रेसरको सीप सिकेकी थिइन् । सीपले युक्त भएपछि नेपालमा समेत गएर तालिम प्रदान गरेकी उनले बेलायतमा मिनी नेपाल भनेर चिनिने अल्डरशटमा आफ्नै व्यवसाय शुरू गरेकी हुन् ।

केयर कट, कलर, स्टायल, वाक्स, हेयर रिमुभल, नेल ट्रिटमेन्ट, फेसियल, स्कीन केयर, ट्यानिङ्ग, मसाज लगायतका हेयर ड्रेसिङ र ब्यूटीपार्लर सम्बन्धी सम्पूर्ण सेवासुविधाहरु दिइने सञ्चालक गुरुङले बताइन् ।

उनले यस क्षेत्रमा १५ बर्षसम्मको लामो अनुभव प्राप्त गरेकी छिन् । कलाकार समेत रहेकी गुरुङ नेपालका स्टार दयहाङ राई, भूवन केसी, अनमोल केसी, प्रिती आले लगायत दर्जनौ कलकारहरूको च्वाइस बन्न सफल उनी समाजसेवामा पनि सक्रिय छिन् । ५ बर्ष देखी डान्स विथ प्रपोज नामक कार्यक्रम गरेर नेपालमा भएका अनाथ, अपाङ्ग बालबच्चाहरूको लागि सहयोग गर्दै आइरहेकी छिन् । आफूले शुरू गरेको उक्त सलोनमा आर्मी पुलिस एन.एच.एस., बृद्ध तथा ११ बर्ष मुनिका बालबच्चाहरुको लागि १५ प्रतिशत छुट दिने घोषणा समेत गरेकि छिन् ।

उक्त उद्घाटन समारोहमा रश्मोर बरो वेलिङटन काउन्सिलर जीव बेल्वासे ,गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके उपाध्यक्ष प्रेम गाह मगर,तमुधिं यूकेका अध्यक्ष हितकाजी गुरूङ, तमुधिं यूके युवा संयोजक डा. विशाल गुरुङ, एनआरएनए इंग्ल्याण्ड उपाध्यक्ष एल.बी.जेड गुरुङ, गोर्खाली समाज युके उपाध्यक्ष हेम गुरुङ, कोल्मा बाहकोट समाजका अध्यक्ष क्रिस गुरूङ, कोल्मा बाहकोट समाजका संस्थापक अध्यक्ष क्या. भिम गुरूङ र कोल्मा बाहकोट समाजका निर्बतमान अध्यक्ष सुरेश गुरूङ, पत्रकार,ए.बी.सी भलिबल टिमका खेलाडीहरुसहित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको भव्य उपस्थिती रहेको थियो ।

उद्घाटन समारोहमा पुगेका अतिथिहरुले नयाँ व्यवसाय शुरू गरेकोमा सञ्चालक गुरुङलाई बधाईसहित शुभकामना दिएका थिए ।

भिडियो