शिब भण्डारी
लण्डन । बेलायतको लण्डन बरो अफ हन्स्लो स्थित २२९ वर्ष पुरानो क्याभलरी सैनिक ब्यारेकको बिदाइ गरिएको छ । कार्यक्रममा लण्डन बरो अफ हंस्लोका मेयर विष्णु गुरुङको सलामीसँग परेड मार्च पास गरिएको थियो।
उक्त परेडमा लेफ्टिनेन्ट कोलोनेल मनी, इरिस गार्डका कमाण्ड अफिसर, सांसद सीमा मलहोत्रा, सांसद रथ क्याडबरी,गेसोका कार्याबाहक सभापती धर्म तामांग,हंस्लो काउन्सिलका उपप्रमुख काउन्सिलर लिली बाथ, सेवकसदस्यहरु, भेट्रानहरु, शाही व्रिटिश सेना, छात्रा सैनिक,गोर्खा नेप्लिज कम्युनिटी,संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
बिदाइ कार्यक्रममा बाल्दै लण्डन बरो अफ हन्स्लोका मेयर विष्णु गुरुङले ठूलो गर्व गर्नुपर्ने यस ब्यारेकलाई बिदा गर्नुपर्दा अत्यन्तै दुखित भएको भन्दै यूकेमा सेवा दिने क्रममा रेजिमेन्टहरुले हंस्लोलाई घरको रुपमा सम्मान दिएकोमा धन्यवाद समेत दिए ।
हंस्लो शहरको एक महत्वपूर्ण इतिहास बोकेको उक्त ब्यारेकको समयसीमा यही समर सिजनमा सकिदै छ । उक्त ब्यारेक करिब २ शताब्दीदेखि यस क्षेत्रका समुदायका मानिसहरुको मनमुटुमा बस्न सफल रहेको बताइन्छ । उक्त ब्यारेकको बिदाइसँगै हंस्लोमा २२९ बर्षपछि आर्मीको उपस्थिति सुनसान हुने भएको छ ।
फ्रेन्च क्रान्तिको समयमा यस क्षेत्रमा हुनसक्ने आक्रमणहरु रोक्ने र मानिसहरुलाई सुरक्षा दिने उद्धेश्यसहित ब्यारेक स्थापना गरिएको थियो । यस क्षेत्रको निम्ती खतरानाक मानिएको हाइवेमेन भनिने लुटेरा तत्वलाई पनि यस ब्यारेकले भगाउन सफल भएको थियो ।
उक्त ब्यारेक विस्तार हुने क्रममा १८८४ मा आफ्नै रेवले स्टेशन समेत बनाइएको थियो । उक्त रेवले विन्सटन चर्चिलद्वारा १८९६ मा अत्याधिक प्रयोगमा आएको थियो । २०११ को मध्येसम्म विस्तारकै क्रममा रहेको थियो । २०१६ मा बेलायतको रक्षा मन्त्रालयले उक्त सैनिक ब्यारेक २०२० को अन्त्यसम्म र ढिलोगरी २०२१ को समरसम्म मात्र रहने बताएको थियो । यस क्षेत्रमा १४ ग्रेड २ लिस्टेड बिल्डिङ्ग रहेका छन् भने १९ वटा स्थानीयस्तरका बिल्डिङ्ग रहेका छन् ।

हंस्लो बाट उक्त ब्यारेक अल्डरशट सर्न लागेको हो ।मेयर गुरुङले काउन्सिलले यी भवनहरुको संरक्षण गर्न दृढ रहेको भन्दै १६२९ घर र सम्बन्धित भवनहरु संरक्षण गर्ने अभियानमा जनताको सुझावको समेत अपेक्षा राखेको बताए । उनले इरिश गार्ड र क्याभलरी ब्यारेकले एक गर्विलो इतिहास कायम गरेको भन्दै अल्डरशटमा उज्जवल भविष्य रहने विश्वास समेत ब्यक्त गरे ।
“लडाइँहरुमा सिपाहीहरुको काम, उनीहरुको बलिदानी र जीवनभरको पीडादायक दर्द हामी सबैलाई थाहा छ,” उनले भने, “त्यसकारण मैले एसएसएएफए अर्थात सोल्जर, सेलर, एयरमेन, फेमिसी एसोसियसन च्यारिटी र लोकल छात्रा सैनिक फोर्सको पक्षमा सहयोग र सचेतनाको निम्ती सहयोग गर्न तयार छु । ” उक्त ब्यारेकको बिदाइ २६ जुनमा मनाइने आर्मी फोर्स दिवस भएकै हप्तामा परेको बताउँदै मेयर गुरुङले उक्त अवसरमा काउन्सिलले आर्मी सेवामा लागेका ब्यक्तिहरुको सम्मानमा आयोजना गरिने राष्ट्रिय सम्मान कार्यक्रममा ऐक्यबद्धता जनाउने बताए ।

कोभिड महामारीको कारण भब्य कार्यक्रम गर्न नसकिए पनि काउन्सिलको तर्फबाट सबै वर्तमान र पूर्व आर्मी सेवकहरुलाई धन्यवाद समेत ब्यक्त गरेका छन् । 






