तीन नेतालाई राष्ट्रपतिको निम्तो

Bidhya-bhandari-with-top-leaderकाठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनको एक साताको समय सकिने अन्तिम दिन आइतबार प्रमुख दलका शीर्ष नेतालाई छलफलमा बोलाएकी छिन् ।

सहमति प्रयासबारे जानकारी लिन भण्डारीले शीर्ष नेतालाई बोलाएको उनका स्वकीय सचिव भेषराज अधिकारीले बताए ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आइतबार बिहान नौ बजे बोलाइएको छ ।