लण्डन । गैर आवासीय नेपाली संघ यूकेको आसन्न निर्वाचनमा तीर्थकुमार थापाले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
बेलायतवासी नेपाली समुदायका युवा पुस्ता माझ लोकप्रिय थापाले युवा पुस्ताको साथ र अग्रजहरुको आशिर्वाद लिँदै उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । नेपालमा पुर्खौली घर पाल्पाको बर्मु गाँउ भई हाल बुटवल सुख्खानगरका वासिन्दा सन् २००७ देखि बेलायतको लण्डनस्थित पल्मइटिट बस्दै आएका छन्।
हङकङदेखि बेलायतसम्म समाजसेवा
सन् १९९५ देखि लामो समय हङकङलाइ कर्मथलो बनाएका थापाले हङकङ हुँदादेखि नै नेपाली समुदायको हितमा काम गर्दै आइरहेका छन् । हङकङबाट शुरु भएको उनको समाजसेवा अभियान बेलायतमा पनि जारी छ ।
हङकङमा रहँदा लुम्बिनी मञ्चमा आबद्ध भई ३ वर्ष भन्दा बढी समय काम गरेका उनी जमघट परिवारको संस्थापक अध्यक्ष हुन् । हङकङबाट बेलायत पुगेपछि पनि उनले विभिन्न संघ संस्थामा रहेर नेपाली समुदायको हित र सेवामा सक्रिय छन् ।
मगर समाज युकेको साउथ इस्ट रिजनल सदस्य रहेका नेप्लिज युथ युकेका उपाध्यक्ष रहेका छन् । नेपाली समुदायको हितका लागि निरन्तर काम गर्ने उनको स्वभाव रहेको छ । हाल व्याप्त कोभिड १९ महामारीमा पनि बेलायतस्थित नेपाली समुदायको सेवासँगै मातृभूमि नेपालमा सहयोग पठाउन पनि उनी उत्तिकै सक्रिय छन् । यसअघिका प्राकृतिक प्रकोपहरुको समयमा पनि उनले विभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा मानवीय सेवामा क्रियाशील थिए ।
मिलनसार स्वभाव
सामाजिक र मानवीय सेवामा सक्रिय थापा बेलायतवासी नेपाली समुदायमा प्रिय छन् । समाजसेवामा उनको लगावकै कारण नेपाली समुदायले उनलाई रुचाएका छन् । समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्ने उनको स्वभाव तथा मिलनसार शैली र मिजासिलो बानी व्यहोराका कारण उनलाई युवा तथा अग्रजहरुले साथ दिँदै आएका छन् ।
यस पटकको चुनावी अभियानमा आफूँले साथ पाउने उनको विश्वास रहेको छ । सदैव सामाजिक काम गर्न रूचाउने शालिन स्वभावका थापालाई साथीभाइ शुभचिन्तकहरूले माया गरेर ‘ब्रुस’ उपनामसमेत दिएका छन् । उनी बेलायतमा ब्रुश उपनामलेसमेत चिनिन्छन् ।
एनआरएनमा रहेर फराकिलो रुपमा समाजसेवा गर्ने चाहनाले नै आफूँ उम्मेदवार बन्न लागेको उनले बताएका छन् ।






