सांसद साहलाई मधेसी मोर्चाका कार्यकर्ताले दले मोसो

harichan shah
रौतहट : व्यवस्थापिका संसद्का सदस्य तथा नेपाली  जनता दलका अध्यक्ष हरिचरण साहलाई मधेशी मोर्चाका कार्यकर्ताहरुले रौतहटमा मोसो दलेका छन ।
बिहीबार बेलुका  एक रेडियोमा अन्र्तवार्ता दिएर निस्केका सांसद साहलाई मोर्चा कार्यकर्ताहरुले नियन्त्रणमा लिएर दुव्र्यवाहार गर्दै मोसो दलेका हुन् ।
सांसद साह चढेको बा५च ३८४४ नम्बरको जीपमासमेत मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका छन् ।
सद्भावना पार्टीका रौतहट जिल्ला अध्यक्ष शेष जम्सेदले संसद साहलाई मोसो दलेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
मधेसबिरोधी संविधानमा हस्ताक्षर गर्ने संसदलाई मोसो दलेको प्रतिक्रिया उनले दिएका छन् ।