कतारका आरके शर्माको मध्यपूर्व संयोजकमा उम्मेदवारी घोषणा [भिडियो सहित]

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए)मध्यपूर्व क्षेत्रको संयोजकमा कतारका राजेन्द्रकुमार शर्माले   (आरके शर्मा) उम्मेदवारी घोषणा गरेका छन् ।

शर्माले  १४ बुँदे प्रतिवद्धता पत्र जारी गर्दै मध्यपूर्वको संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन् । शर्मा वर्तमान आईसीसी सदस्य हुन ।

मध्यपूर्वका खाडी राष्ट्रहरु युएई, कतार, साउदी अरब, ओमान, बहराइन र कुवेत लगायतका मजदुरहरुको समस्यालाई बुझ्ने र सम्बोधन गर्न सकेन व्यक्तिको रुपमा आरके शर्मालाई लिन थालिएको छ ।

पछिल्लो चरणमा शर्मा खाडी क्षेत्रमा निकै नै सक्रिय छन । उनी कतारका नेपाली ब्यवसायी पनि हुन् । शर्माले जारी गरेको १४ बुँदे प्रतिबद्दता सहितको घोषणापत्र सार्वजनिक गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

इराक, जोर्डन र लेबनान लगायतका दुतावास नभएका मुलुकहरुमा नियमित भ्रमण गरी समस्या समाधानमा जोड दिने शर्माले घोषणा पत्रमा बताएका छन । उनले मध्यपूर्वबाट पर्यटन प्रबर्दनमा लागिपर्ने प्रतिबद्दता जाहेर गरेका छन ।

एनआरएनएको आठौं महाधिवेशन यही साता अक्टोबर १४–१७ सम्म काठमाण्डौंमा हुदैंछ ।भिडियो  अपलोड हुदै छ–