एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी विजयी

न्यूयोर्क । गैर आवासीय नेपाली संघ (एनआरएनएए) अमेरिकाको अध्यक्षमा विकास बुद्धि सुवेदी विजयी भएका छन् ।

सुवेदीले ५ हजार ६१८ मत प्राप्त गर्दा सुवेदीका निकटतम प्रतिद्वन्द्वी कृष्ण लामिछानेले ५ हजार २ सय मत प्राप्त गरे । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार डा. अर्जुन बञ्जाडेले ४ हजार १ सय ४८ मत तथा तिलक केसीले ५ सय ६७ मत पाएका छन् ।

सन् २०२१/२३ कार्यकालका शनिबार र आइतवार गरी दुई दिनसमम भएको मतदानमा १५ हजार ७ सय ६८ सदस्यले भोट हालेका थिए ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा ६ हजार ८ सय ५० ल्याई कृष्णजीवी पन्त बिजयी भएका छन् । उनका निकटम प्रतिद्धन्द्धीमा बीआर लामा आएका छन् । उनले ५ हजार १ सय ९० मत ल्याए ।

महासचिवमा अन्जनकुमार चौलागाइ ६ हजार ३ सय १२ मत प्राप्त गरेर विजयी भए । उनका प्रतिस्पर्धी विनोद भट्टले ५ हजार १ सय ४५ मत प्राप्त गरे ।

एनआरएनए अमेरिकामा २० हजार एकसय ३८ मतदाता थिए । चुनावमा ७८ प्रतिशत अर्थात १५ हजार ७ सय ६८ भोट खसेको थियो । चुनावमा चार सय भन्दा बढी उम्मेदवार थिए ।

हाल विश्वभर नै एनआरएनको नयाँ नेतृत्व चयन प्रक्रिया चलिरहेको छ ।