काठमाडौं । पेरिसडाँडामा बसेको प्रचण्ड माधव पक्षले अब नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ ।
सोमबारको स्थायी कमिटी बैठकले एमाले एमाले र माओवादी अलग अलग भएर जाने निष्कर्षमा पुगेको झलनाथ खनालले जानकारी दिए ।
उनले पार्टीभित्र संघर्ष गरिने र सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गरिने बताए ।
आइतवार सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएसँगै साविकका एमाले र माओबादी छुट्टाछुट्टै भएर जाने भएका हुन् ।
उक्त फैसलाले सबैभन्दा बढी समस्या माधवकुमार नेपाल पक्षलाई परेको छ । दल फुटाउन आफूसँग ४० प्रतिशत संख्या नभएको तथा जबरजस्ती फुटाएको खण्डमा सांसद् पद पनि जाने भएको कारण नेपाल–झलनाथ पक्ष संकटमा परेका छन् ।






