एनआरएनए इंग्ल्यान्ड राज्य परिषद्ले राख्यो हेल्प लाइन, हेर्नुहोस् के छ सुविधा ?

लण्डन । बेलायतमा आगामी २१ मार्चमा हुने राष्ट्रिय जनगणनामा नेपाली समुदायलाई अधिक सहभागी गराउनको निम्ती निकै मिहेनत गर्दै आइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके, इंग्ल्यांड राज्य परिषद्ले २१ सदस्यीय हेल्प लाइन स्थापना गरेको छ ।

जनगणना जनचेतना अभियान अन्तर्गत प्रारम्भिक रुपमा २१ सदस्यीय हेल्प लाइन सुरूवात गरिएको हो । हेल्प लाइनको संयोजन पुण्य रेग्मीले गर्नेछन् । जनगणना फारम भर्दा आइपर्ने कुनै पनि समस्याको समाधान गर्न हेल्प लाइनले भूमिका निर्वाह गर्ने संयोजक रेग्मीले बताए ।

जुम मिटिंगमा हेल्प लाइन टीमलाई डा. कृष्ण अधिकारी र नरेश खपांगी मगरले जुम मार्फत तालिम दिई जनगणना फारम कसरी भर्ने र के के बुंदाहरूमा सजग रहनु पर्ने कुराको जानकारी दिए ।

जनगणना सम्बन्धी कुनै पनि सहयोगको लागी निम्न अनुसारको टिमसंग सम्पर्क राखी सहयोग लिन एनआरएनए युके इंग्ल्यांड राज्य परिषदले अनुरोध गरेको छ ।

त्यसैगरी स्वयंसेवकको रूपमा सहयोग गर्न इच्छुकहरुले हेल्प लाइन संयोजक पून्य रेग्मीलाई सम्पर्क गर्न वा  nrnaescc@gmail.com मा जानकारी गराउन मिडिया कोअर्डिनेटर श्याम लुईटेलले आग्रह गरे ।

१. पुण्य रेग्मी – संयोजक –०७४६८५३६५६४

२. हेम गुरुङ – ०७८८०५५४६४३

३. राजेन गुरुङ – ०७४४४२८८४७२

४. बिक्रम भट्टराई – ०७९१५०४६२०३

५. बाचस्पति रेग्मी – ०७४२७०२२९३१

६. भोला बिक्रम राई – ०७४७७९८६०७६

७. मेनुका खाँण – ०७७३७८६८४७०

८. भीम महेन्द्र गुरुङ – ०७८१५०३११२७

९. भीम सारू – ०७४११९४३१५७

१०. ज्ञानेन्द्र आले – ०७५८४२४१७६२

११. बाल कृष्ण भुसाल – ०७४२६३९६९९०

१२. शुशील प्रजापति – ०७८३७८४६५६२

१३. सुरेन रूपाखेती – ०७५३८०७६८६२

१४. महेश अधिकारी – ०७९२१५२०४१५

१५. श्रीचन्द्र गुरूग – ०७८५९०३९०९०

१६. हरि भट्टराई – ०७९७७९८४३३३

१७. दीपक सापकोटा – ०७७९६०६५६३८

१८. पवन शर्मा – ०७८७५६६३९९१

१९. शंकर भंडारी – ०७५०८०४०२५०

२०. लक्ष्मण गौतम – ०७७९१३१४६०५

२१. ऐश्वर्य खड्का –०७७८७७३५२०४