बार्सिलोनाबाट बाढी पिडित सहयोगार्थ रकम हस्तान्तरण 

 

भोला लामिछाने ,बार्सिलोना

नेपाली वेभ मिडीयाका संयोजक भोला लामिछानेको संयोजकत्वमा बाडी पहिरो पिडित सहयोगार्थ एकै दिनमा ६०० यूरो (७० हजार रूपैया ) संकलन गरी चर्चित नेपाली टेलिभिजन न्यूज २४ को जनता वैंक विपत्ती राहत कोष मा डिपोजीट गरी हस्तान्तरण गरिएको छ ।

चर्चित पत्रकार रबी लामिछाने द्वारा निर्माण एवं संचालन गरेको टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासग मार्फ़त सप्तरीमा बाडीले डुबान पिडीत क्षेत्रमा स्थलगत अवलोकन भ्रमण गरी स्थायी रूपमा वस्ती निर्माण गरिने बताए सगै उक्त रकम हस्तान्तरण गर्ने निर्णय गरिएको मिडियाले जनाएको छ ।

रकम संकलनको लागी एकै दिनमा बार्सिलोना निवासी बम बहादुर खत्री , सन्त बहादुर क्षेत्री , दिपक कोईराला , सृजना महर्जन , रबी थापा ,दिपेश नेपाल ,भुवन कटुवाल , प्रकाश पाण्डे , जितेन्द्र मान्नधर ,पुण्य प्रभा सुवेदी , दिपक खड्का , भोला लामिछाने एकजुट भई ६०० यूरो अर्थात ७० हज़ार नेपाली रूपैया संकलन भएको हो ।

भुकम्प पिडित सहयोगार्थ पनी यसै गरी सहयोग गरेको मिडीयाले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ । कहिले क्यान्सर पिडीत त कहीले विश्व साईकल यात्री त कहिले एन आर एन स्पेन कार्यालय निर्माण किन नहोस सहयोग गर्दै आएको छ । २ साता अगाडी मात्र म्याग्दी जिल्लाको भकिम्ली मा निर्माणार्थ ३० कोठे पक्की भवनको लागी विभिन्न व्यक्तीहरू मार्फत करीब ११ लाख रूपैयाको आर्थिक सहयोग संकलन गरी बिधायलय प्राडंगणमा आयोजित कार्यक्रममै हस्तान्तरण समेत गरेको छ । यस कार्यको लागी म्याग्दी भकिम्ली निवासी सन्त बहादुर क्षेत्रीको महत्वपूर्ण पहल रहेको थियो । क्षेत्रीले भर्खरै मात्र हामीले विधालयलाई आर्थिक सहयोग गरेका छौ र हस्तान्तरण नहुदै नेपाली दाजुभाई दिदीबहिनीहरू बाडी पहीरो र डुवान को विपतमा परेकोले तत्काल सहयोग गर्ने निर्णय गरेका हौ वताए । भुकम्प पिडीत सहयोगार्थ स्पेनबाट एक्लै १००० यूरो सहयोग गरेका बार्सिलोना निवासी बम बहादुर क्षेत्री ले हामी तत्काल सहयोग गर्न चाहन्छौ भन्दै नेपाली वेभ मिडियाका संयोजक भोला लामिछाने लाई सम्पर्क गर्दै तत्काल बाढी पिडीत क्षेत्रको अवलोकन गरेर रिपोर्टिंडं गरेका चर्चित पत्रकार रबि लामिछानेलाई सम्पर्क गर्न अनुरोध गर्दै सहयोग गर्न चाहेको बताए ।

त्यसपछी नेपाली वेभ मिडियाको आव्हानलाई तत्काल साथ दिदै बम बहादुर खत्री ,सन्त बहादुर क्षेत्री ,दिपक कोईराला , प्रकाश पान्डे , सृजना महर्जन , रबी थापा ,दिपेश नेपाल ,भुवन कटुवाल , जितेन्द्र मान्नधर ,पुण्य प्रभा सुवेदी र दिपक खड्का ,बिनोद कंडेलले सहयोग गर्ने निर्णय गरेका थिए ।

बार्सिलोना बाट पठाईएको सहयोग रकम काठमाडौ धापासी निवासी कमला ढकाल लामिछानेले न्यूज २४ को जनता वैंक विपत्ती राहत कोष मा डिपोजीट गर्दै चेक लिएर टेलीभिजनको कार्यालयमै गई कार्यक्रम संचालक रबी लामिछानेलाई भेटेर हस्तान्तान्तरण गरेकी हुन् ।

सहयोग गर्ने सम्पूर्णलाई न्यूज २४ टेलीभिजन को सिधा कुरा जनतासग कार्यक्रम मार्फ़त धन्यबाद प्रकट गर्दै लाईभ कार्यक्रममा प्रसारण गरिसकेको छ । समय अभाब र ब्यस्तताले हजारौ सहयोगीहरूको नामावली र सहयोग रकम प्रसारण गर्न असमर्थ भएकोले सबै विवरण वेभ साईटमा राखिने बताउदै यदी कसैको नामावली छुट्न गएको खण्डमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

सिधा कुरा जनता संग कार्यक्रमले स्वच्छ र समुन्नत अनी भ्रष्टाचार मुक्त समाज ,बिसंगती अनी विकीर्ती बिरूद्को कडा प्रतिकार साथै देश तथा विदेशका जुन सुकै कुनामा रहेका नेपालीहरूको समस्या पिडामा नै किन नहोस साथ दिदै उद्गार र सहयोगी भुमीकामा प्रस्तुत भई लोकप्रिय बनी सबैको मन मस्तिष्कमा बसेको छ ।

नेपाली वेभ मिडियाले सबै सहयोगीदाताहरूलाई बिशेष धन्यबाद दिदै आगामी दिनहरूमा पनी अझ नया खालका सामाजिक कार्यहरू गर्दै अगाडी बढ्ने वताएको छ ।