काठमाडौँ– नेपाल आइडल बनेका रवि ओडकी आमाको मृत्यु भएको छ । उनको बुधबार विहान करेन्ट लागेर मृत्यु भएको हो ।
मंगलबार राति ९ बजे करेन्ट लागेर घाइते भएकी ४५ वर्षीया विष्णाको सेती अञ्चल अस्पताल पुर्याए लगत्तै अस्पतालले मृत घोषण गरेको हो ।
उनी रविकी कान्छी आमा भएको र उनलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख कुबेर कडायतले जानकारी दिए ।
गत पुस ६ गते (शुक्रबार) ओड नेपाल आइडल–२ का विजेता बनेका थिए । हिजो मात्रै गृहजिल्ला पुगेका ओडलाई भव्य स्वागत तथा सम्मान समेत गरिएको थियो ।






