सक्रियता बढाउँदै एनआरएन कृषि प्रबर्द्धन समिति

काठमाडौँ -गैरआवासीय नेपाली संघ (एनआरएनए) कृषि प्रबर्द्धन समितिले नेपालमा कृषिको सम्भावनाका बारेमा सरोकार निकाय तथा विज्ञहरुसँग अन्तरक्रिया र छलफल कार्यक्रम गरिरहेको छ । यसै सन्दर्भमा समितिको अगुवाई तथा क्षेत्रीय कृषि बिकास निर्देशनालयको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । सूचना तथा सुझाब संकलनार्थ आयोजना गरिएको उक्त कार्यक्रममा आधुनिक कृषि बजार ९मुना० ,रबर खेति र उद्योगको बिषयमा बिज्ञद्वय तिलक भण्डारी र राजेन्द्र देबकोटाले पावर प्वाइन्ट प्रस्तुत गरेका थिए ।

माननीय कृषि मन्त्री लेखनाथबहादुर थापाको प्रमुख आतिथ्यता तथा क्षेत्रीय कृषि निर्देशनालय प्रमुख बिमल थापा क्षेत्रीको सभापतित्वमा बिभिन्न मन्त्रालय, कृषि बिज्ञहरू, कृषिका बिभिन्न निकाय, उद्योग बाणिज्य महासंघ, सहकारी, कृषि संजाल, जडिबुटी आयुर्वेद अभियन्ता, कृषि तथा पशु ज्ञानकेन्द्रका प्रतिनिधिहरू , कृषक र पत्रकारहरूको समुपस्थितिमा कार्यक्रम अत्यन्त उत्साहपूर्ण रूपमा सम्पन्न भएको थियो।

कार्यक्रमको सुरूवातमै संयोजक युबराज गुरूड़ले कार्यक्रमको बारेमा प्रकास पार्नु पारेका थिए भने सहसम्योजक कपिलदेब थापाले सम्पुर्ण उपस्थित अथितिहरूलाइ धन्यवाद ज्ञापन गरेका थिए ।

सहसंयोजक थापाले कार्यक्रम उपलब्धिमुलक भएको र छोटो समयमा पनि अत्यन्त प्रभावकारी र प्रतिनिधिमूलक कार्यक्रम आयोजना सम्पन्न भएको भन्दै कार्यक्रम समन्वय गर्ने सबैमा धन्यवाद व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *