चार्ल्टन समाजले राख्यो गायक राज सिग्देलको साथमा दशैं तिहार शुभकामना साँझ

लण्डन । चार्ल्टन नेपाली समाज यूकेले दशैँ तिहार विशेष कार्यक्रम गर्ने भएको छ । हिन्दुहरुको पारिवारिक मिलन पर्व वडादशैँको अवसर पारेर समाजले यस वर्षको कार्यक्रम अक्टोबर १६ तारिख आईतबार मेरिडियन स्पोर्टस क्लवको सभाहलमा बेलुकी ६ बजेदेखि कार्यक्रम गर्ने कार्यवहाक अध्यक्ष प्रकाश कंडेलले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।

कार्यक्रममा पछिल्लो समय युवा पुस्तामा लोकप्रिय गजल एवम् शास्त्रीय गायक राज सिग्देलले एकल सागींतिक प्रस्तुती दिनेछन् । उ जितेर गई या हारेर गई नामक सुगम सगींत पछि चर्चाको शिखरमा रहेका गायक सिग्देलले उक्त कार्यक्रममा आफ्ना गीत संगीतहरु प्रस्तुत गरेर दर्शकलाई मग्नमुग्ध पार्नेछन् ।कंडेलले सबैलाई विजया दशमीको शुभकामना व्यक्त गर्दै कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन् । उनले नेपालीहरुबीच पारिवारिक र आपसी भाईचाराको सम्बन्ध स्थापित गर्ने पर्वको अवसरमा आयोजना गरिएको कार्यक्रम समाजको मात्रै नभएर सबैको कार्यक्रम भएकाले उपस्थित भई र मनोरञ्जन लिन आग्रह गरेका छन् ।उक्त अवसरमा विजया दशमीको शुभकामना आदान प्रदान सहित अन्य रमाईलो तथा खानपिनको कार्यक्रम समेत राखिएको छ ।समाजकी अध्यक्ष रेखा खरेल केही समय नेपालमै रहेकाले समाजका उपाध्यक्ष कंडेलले अहिले कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् ।कार्यक्रममा प्रवेशका लागि समाजले बयस्कका लागि १५ पाउण्ड र ५ वर्ष भन्दा माथी ११ वर्षसम्मका बालबालिकाहरुका लागी १० पाऊण्ड र ५ वर्ष मुनीका बालबालिकाहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरेको छ ।