युवा व्यवसायी टंक सापकोटा युरोपकै उत्कृष्ट सिर्जनशील व्यवसायीमा छनौट – अनलाइन भोटिंगको लागि अपिल

tanka

गणेश पाण्डेय ,

पोर्तुगल । बिरानो भूमिमा एउटा नेपालीले गरेको प्रगति अनि पाएको सम्मानले आम नेपालीको मन कति हर्षित हुन्छ होला? अझ त्यसमा पनि बिदेशी टेलिभिजन र छापाहरुमा सधै छाईरहने व्यक्तिले हरेक कार्यक्रम र अन्तरवार्ता मा गर्वका साथ आफु नेपाली भएको उदघोष गर्दा त झन् आम नेपालीको छाती गर्वले फुलेर आउछ युरोपमा बसोबास गर्ने इटालियन खानको पारखीहरुको लागि टंक सापकोटा कुनै नौलो नाम होइन तर उनीलाई युरोपको नेपाली डायस्पोरा मा कमैले मात्र चिन्छन, चिनुन पनि कसरी ? नेपाल को राष्ट्रिय तथा अन्तरास्ट्रिय संचार माध्यमले अहिले सम्म उनको बारेमा खोजि गर्न नै भ्याएन ।

२३ वर्षको अथक लगनसिलता, पेशागत इमान्दारिता र सृजनसिल उद्ध्यमता ले तीन भन्दा बढी अन्तरास्ट्रिय अवार्ड बाट सम्मानित भईसकेका टंक सापकोटा युरोपको नेपाली डायस्पोराका एक सफल व्यवसायी हुन्, तर उनी आफुलाई व्यवसायी भन्दा पनि इटालियन सेफ टंक का नामले परिचय दिन मन पाराउछन् ।  सरल स्वभाव र मिजासिला सापकोटा समाज सेवा र सामाजिक कार्यमा पनि औधी रुची राख्दछन । उनी एक्लै ले मात्रै नेपाल मा भुकुम्प जादा राहत को लागि आठ हजार यूरो भन्दा बढी सहयोग गरेका थिए । पोर्तुगल निवासी सापकोटासंग हाल चार ओटा रेस्तुरन्त संचालन मा छन् भने एउटा रेस्तुरन्त मा सुन को चुलो छ, जो संसारमा नै सुनको चुलो भएको दोस्रो रेस्तुरन्त हो ।

सापकोटा फेरी एक पटक अन्तरास्ट्रिय अवार्ड आरेस्प २०१६ को सृजनसिल व्यवसायी विधाको अन्तिम छनौटमा परेका छन् जसको अन्तिम निर्णय अनलाइन भोटिंग प्रक्रिया द्वारा हुनेछ र अप्रिल ३० तारिक सम्म अनलाईन भोटिंग खुल्ला रहनेछ  । अनेकता मा एकता नै नेपाली को उत्कृष्ट पहिचान हो ।  हाम्रो यहि पहिचान ले नै हामीले अनुराधा कोइराला र पुष्पा बस्नेत लाई सी एन एन हिरो र प्रशान्त तामाङ्ग लाई इन्डियन आइडल बनाउन सफल भएका छौ भने अब को पालो छ टंक सापकोटा को ।  तपाई अनि हाम्रो एक मिनेट को समय र एक अनलाईन भोट ले टंक सापकोटा लाई युरोपकै उत्कृष्ट सिर्जनसिल व्यवसायी अवार्ड आरेस्प २०१६ बाट सम्मानित गर्ने अवसर मिल्नेछ भने सापकोटा लाई बिजयी गराउनु हामी सबै नेपाली को दयित्वो पनि हो ।

सापकोटा लाई वोटिंग गर्ने तरिका यस प्रकार छ :
१. इन्टरनेट ब्राउजर मा http://www.premiosahresp.pt/votacao-2016/ लग इन गर्नुहोस |
२. आफ्नो नाम र इमेल टाईप गर्नुहोस।
३. विधा नम्बर पांच Jovem Empresário/Empreededor do Ano: मा Chef Tanka Sapkota (Forno D’Oro) छान्नुहोस् | भोट विधिवत हुन को लागि सबै विधा मा एक एक जना छान्नु नै पर्ने हुन्छ ।
४. अन्त मा Votar मा क्लिक गर्नुहोस् र तपाई को एक मिनेट को समय र एक भोट ले टंक सापकोटा युरोपकै उत्कृष्ट सिर्जनसिल व्यवसायी अवार्ड आरेस्प २०१६ बाट सम्मानित गर्ने अवसर मिल्नेछ ।

आफ्नो जीतलाई सम्पुर्ण नेपाली र नेपालको जीत मान्ने सापकोटा ले संसारभरी छरिएर रहेका नेपालीहरुलाई अनलाइन भोटिंगको लागि आग्रह समेत गरेका छन् ।