काठमाडौं- महानगरीय प्रहरी अपराध महाशाखाले पेट्रोलियम पदार्थमा कालोबजारी गर्नेहरु धमाधम पक्राउ गर्न थालेको छ ।
महाशाखाले ठगी गरेको आरोपमा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सहसचिव एवं नाप तौल तथा गुणस्तर विभागका पूर्व महानिर्देशक रामआधार साहलाई पक्राउ गरेको छ ।

महाशाखाका एसएसपी सर्वेन्द्र खनालका अनुसार साह राजधानीका पेट्रोल पम्पहरूबाट उपभोक्ता ठगी गर्ने कार्यमा संलग्न प्रमुख अभियुक्त भएकाले उनलाई गौशालाबाट पक्राउ गरिएको हो ।
यसैबीच पेट्रोलियम पदार्थको कालोबजारीमा संलग्न भएको आरोपमा नेपाल आयल निगमका थानकोट डिपो प्रमुख रविन शर्मा आइतबार साँझ पक्राउ परेका छन् ।
पेट्रोल पम्पसँग मिलेर संस्थागत कालोबजारी गरेको प्रमाण भेटिएपछि शर्मालाई अनुसन्धानका लागि पक्राउ गरिएको खनालले जानकारी दिए ।






