लन्डन– एनआरएनए यूके उपाध्यक्षमा डा. दिलिप यादवले उम्मेदवारी दिएका छन् ।
आगामी साता हुने निर्वाचनमा यादव सबै भन्दा कान्छा उमेरका उपाध्यक्षका उमेद्वार हुन् । उनी एक मात्र मेडिकल डाक्टर र एक मात्र तराई मुलका प्रतिनिधि उम्मेदवार भएका छन् ।
मिथिला नगरपालिकाका ढल्केबरका यादव महाराजगन्ज क्याम्पसबाट २००९मा एमबिबिएस गरेका हुन् । हाल युकेमा डंकास्टर नर्थन लिंकन सायरमा डाक्टरी पेसामा संलग्न छन् ।
स्वास्थ्य सेवामा संलग्न रहेर नेपालको धादिंग, इलाम, सप्तरी , रौतहट र काठमाडौँ लगायतका जिल्लामा सेवा गरिसकेका छन् । उनले महाराजगन्ज क्याम्पसको स्वबियुमा रहेर काम गरिसकेका छन् भने हाल नेपाल डक्टरर्स एसोसिएसन युकेको कार्यसमितिमा पनि रहेर काम गरिरहेका छन् ।
यादवले एनआरएन यूकेलाइ सबै पेसामा रहेकाहरुको संस्था बनाउन आफूले भूमिका खेल्ने बताएका छन् ।






